• Saturday, May 17, 2025

आयोजना प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन २२ गते । सघन सहरी तथा भवन निर्माण कार्यालय, राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत सहरी विकास राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीमा कालोपत्रे बाटो निर्माण बिना टेन्डर भएको, होडिङ्गबोर्ड नलगाएको र निर्माण कार्य राम्रो नभएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुविरुद्ध सो मुद्दा दायर भएको छ ।

तत्कालीन इन्जिनियर मदन राय, सब–इन्जिनियर सरोजकुमार यादवले उक्त निर्माण आयोजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झौतामा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदनसमेत प्रमाणित गरी निर्माण व्यवसायीलाई तीन लाख ४७ हजार रुपियाँ बढी भुक्तानी दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, गुन्जा कन्स्ट्रक्सन, खडक–८, सप्तरीका प्रोप्राइटर गोविन्दप्रसाद मण्डलले निर्माण कार्य सम्पन्न भएको भनी ठेक्का बिल, भरपाईलगायतका कागजात पेस गरेको तर सर्त एवम् सम्झौताबमोजिमको कार्य नगरी भएको भन्दा बढी कार्य मूल्याङ्कन गरी तीन लाख ४७ हजार रुपियाँ भुक्तानी लिएको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध बिगोसमेत जफत हुन मागदाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter