• Sunday, April 27, 2025

४० प्रतिशत महिला श्रम बजार बाहिर


अविनाश चौधरी / धनगढी, फागुन २३ गते । सुदूरपश्चिम प्रदेशका ४० प्रतिशत महिला श्रम बजार बाहिर रहेको एक कार्यक्रममा बताइएको छ । धनगढीमा आज आयोजित मिडियासँगको अन्तरक्रिया कार्यक्रममा प्रदेशमा ठुलो सङ्ख्यामा महिला श्रम बजार बाहिर रहेको बताइएको हो ।

घरायसी कामका कारण महिला श्रम बजारमा आउन नसकेको सशक्त महिला समृद्ध नेपालका कार्यक्रम संयोजक सङ्गीता यादवले बताउनुभयो । उहाँका अनुसार यो प्रदेशमा २६.४ प्रतिशत १५ देखि वा सोभन्दा बढी उमेर समूहका महिलाले कुनै न कुनै हिँसा भोगिरहेका छन् ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा ८८.४ प्रतिशत किशोरीले आफ्नो विवाहको उमेर आफै तोक्ने गरेको पाइएको जनाइएको छ । महिला सशक्तीकरणका लागि विभिन्न नीति, नियम बने पनि कार्यान्वयनको पाटो फितलो रहेको यादवको बुझाइ छ ।

त्यस्तै, युनिसेफका बाल सुरक्षा अधिकृत उपमा मल्लले यौन हिंसाको शिकार हुनेमा दुई तिहाइ बालिका रहेको उल्लेख गर्नुभयो । महिला सशक्तीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारले अझ बढी काम गर्न आवश्यक रहेको युएन वमन सुदूरपश्चिम प्रदेशका संयोजक प्रतिभा चौधरीले बताउनुभयो ।

यसका लागि सञ्चार माध्यमले पनि सरकारलाई घचघच्याउन आवश्यक रहेको उहाँको जोड थियो । सशक्त महिला समृद्ध नेपाल, युनाइटेड नेसन नेपाल लगायतको संयुक्त आयोजनामा भएको कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका प्रोग्राम म्यानेजर मञ्जु लामा, युएन वमनका सन्तोष आचार्य लगायतले विषय विशेषज्ञको रूपमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter