• Tuesday, April 29, 2025

मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण

 doctor

काठमाडौँ, १३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको प्रमाणपत्र (लाइसेन्स)को परीक्षामा आधाभन्दा बढी चिकित्सक विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

काठमाडौँको स्वयम्भू सानो भ¥याङ्स्थित आर्मी प्रतिष्ठानमा शनिबार भएको परीक्षा ५१० जना चिकित्सक विद्यार्थीले परीक्षा दिएका थिए । जसमा २५२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

चिकित्सातर्फ ४६९ विद्यार्थीले परीक्षा दिएकामा २४६ विद्यार्थी उत्तीर्ण भएका छन् भने दन्त चिकित्सातर्फ ४१ जना विद्यार्थीमा जम्मा छ जनामात्र उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएकाले पनि अहिले यस्तो नतिजा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजभोलि विद्यार्थीले मेहनत गरी नपढ्ने भएकाले पनि अनुत्तीर्ण सङ्ख्या बढेको हो, अर्को परीक्षामा पास भइहालिन्छ भन्ने मानसिकताका कारण बढी अनुत्तीर्ण भएको हुन सक्छ ।”

लाखौँको लगानीमा विभिन्न स्थानमा गई चिकित्सा विषय पढेका विद्यार्थीले काउन्सिलको परीक्षा उत्तीर्ण नगरेसम्म पेसा गर्न नपाउने प्रावधान छ । यसरी अनुत्तीर्ण हुनेको सङ्ख्या वृद्धि हुनुले योग्य चिकित्सकप्रति प्रश्न उब्जने हुनाले विद्यार्थीलाई मेहनत गरी पढ्न डा शर्माले आग्रह गर्नुभयो ।

यसैबीच, शनिबार काउन्सिलको परीक्षामा अर्कैको नामबाट परीक्षा दिइरहेका दुई विद्यार्थीलाई पक्राउ गरिएको छ । अर्कैको नामबाट परीक्षा दिइरहेका महाराजगन्ज मेडिकल कलेज (टिचिङ) का चिकित्सक डा सुशील मण्डल र अर्का सुरेश साहलाई पक्राउ गरिएको हो ।

डा शर्माका अनुसार मण्डलले विद्यार्थी अर्बिनकुमार यादवको नामबाट र साहले नीरज शर्माको नामबाट परीक्षा दिइरहेका समयमा पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पहिले अनलाइन फारम भर्ने व्यवस्था थिएन यस वर्षदेखि अनलाइन फारम भर्दा नै उनीहरुले सक्कली परीक्षार्थीको ठाउँमा आफ्नो फोटो राखी फारम भरेका रहेछन् शङ्का लागेर जाँच गर्दा नक्कली भएको पाइयो ।” रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter