• Sunday, April 27, 2025

बौद्ध सम्मेलन भव्य र सभ्यरुपमा मनाउने

Buddha

 

काठमाडौँ, । गौतम बुद्धको दुई हजार ५२६औँ जन्मजयन्ती तथा बौद्ध सम्मेलनलाई भव्य र व्यवस्थितरुपमा मनाउन बौद्ध गुरु तथा गुम्बा व्यवस्थापन समितिलगायतका सङ्घसंस्थासँग आज छलफल गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा आगामी वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रियस्तरमा मनाउन नेपालमा रहेका बौद्धसम्बन्धी गुरु र सङ्घसंस्थासँग अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल पार्ने विषयमा छलफल भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अझै पनि कतिपय देशमा पुस्तकमा बुद्ध नेपाल बाहिर जन्मेको तथ्य भएकाले बुद्धको जन्मभूमिप्रति न्यायका लागि पनि बृहत् रुपमा बौद्ध सम्मेलन मनाउनुपर्ने जरुरी भएको बताउनुभयो ।

बुद्ध धर्म संसारभरिका बौद्धमार्गीको छाता बन्न सक्नुपर्ने भन्दै सम्मेलनमा नेपालमा रहका बुद्धसँग सम्बन्धित सबै सङ्घसंस्थालाई आयोजक समितिमा सहभागिता गराउने जानकारी दिनुभयो ।

सरकारले १०१ मूल समारोह समिति गठन गर्ने तयारी यसअघि नै गरिसकेको छ । त्यसमध्ये २० वटा अन्तर्राष्ट्रिय बौद्धसम्बन्धी संस्थालाई सहभागी गराउने तयारी छ ।

छलफलमा गुम्बा व्यवस्थापन सङ्घ, नेपाल बौद्ध महासङ्घ, बौद्ध विहार सेवा, नेपाल परम्परागत बौद्ध धर्म सङ्घलगायत दुई दर्जन सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्मेलन सफल पार्नका लागि आफूहरुले पनि सक्ने सहयोग गर्ने बौद्ध गुरु तथा बौद्धसम्बन्धी संस्थाका प्रतिनिधिले ऐक्यबद्धता जनाउनुभएको थियो । सरकारले सम्मेलनमा बौद्धधर्म मान्ने देशका संस्कृतिमन्त्रीलाई निम्ता गर्नेसमेत तयारी रहेको छ ।

अन्तर्राष्ट्रिय रूपमा व्यापक प्रचारप्रसार र बुद्ध धर्मको महत्व र गरिमा वृद्धि गर्ने तथा सिद्धार्थ गौतमको जन्मभूमि लुम्बिनी नै भएको अन्तर्राष्ट्रिय रूपमा जानकारी गराउने, बुद्ध धर्म र बौद्ध शिक्षाको अध्ययन, अनुसन्धान एवम् अन्वेषणको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा नेपाललाई विकास गर्ने बुद्धजयन्ती तथा सम्मेलनको उद्देश्य रहेको छ ।

सो उद्देश्यका साथ आगामी वैशाख शुक्लपूर्णिमाका दिन जेठ ८ गते मनाइने बुद्धजयन्तीलाई ‘लुम्बिनी, नेपालः भगवान् बुद्ध र बौद्धदर्शनको स्रोत’ भन्ने नारा तय गरिएको छ ।

आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय रूपमा बौद्ध सम्मेलन काठमाडौँमा र जेठ ८ गते बुद्धजयन्ती लुम्बिनीमा मनाउने सरकारको तयारी छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाउन बौद्धधर्मसँग सम्बन्धित प्रतिष्ठित सङ्घसंस्थाका प्रतिनिधि तथा बुद्धधर्मका अनुयायी तथा विद्वान्को सहभागिता भई कार्यपत्र प्रस्तुत हुनेछ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter