• Monday, April 28, 2025

एकल इन्जिनको विमान परीक्षण नगरी नचलाउने निर्देशन

 air.1

 

काठमाडौँ, १४ फागुन । नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले एकल इन्जिन भएको विमान परीक्षण नगरीकन नचलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

मन्त्री पोखरेलले इन्जिनको खराबीका कारण आकस्मिक रुपमा विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने बुझिएकाले बाँकी सबै एकल इन्जिन भएका विमान परीक्षण नगरी नचलाउने प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो ।

प्राधिकरणका निर्देशक सञ्जीव गौतमले विमानको प्राविधिक पक्षको खराबीका कारण विमान आकस्मिक रुपमा अवतरण गर्ने क्रममा अवतरण गर्दा दुर्घटना भएको आशङ्का भएकाले प्राधिकरणको टोली शनिबार गएर सबै विमानको इन्जिनको परीक्षण गर्ने जानकारी दिनुभयो ।

प्राधिकरणका निर्देशक गौतमका अनुसार विमानको एकल इन्जिको खराबी भए÷नभएको टोलीले पूर्णरुपमा अध्ययन गरिसकेपछि मात्र विमान सञ्चालन हुने छन् । खास गरी नेपालगञ्ज, सुर्खेतलगायतका पहाडी जिल्लामा एकल इन्जिनका विमान सञ्चालन हुन्छन् ।

यस्ता एकल इन्जिन भएका विमान मकालु–२, गोमा–२ र एयर काष्ठमण्डपको–२ रहेको थियो । आज एयर काष्ठमण्डपको एक विमान दुर्घटना भए पनि काष्ठमण्डपको एकमात्र विमान रहेको छ । प्राधिकरणको प्राविधक टोलीले पाँच वटा एकल इन्जिन भएको विमानको परीक्षण गर्नेछन् ।

घाइतेको नेपालगञ्जको कोहलपुरमा उपचार

नेपालगञ्जमा जुम्लाका लागि उडेको कालीकोटमा दुर्घटनामा परेको एयर काष्ठमण्डपको विमानमा सवार घाइते नौ जनाको नेपालगञ्जको कोहलपुरमा उपचार भइरहेको छ ।

चालक दलका दुईसहित ११ जना रहेको विमानका चालक र सहचालकको निधन भइसकेको छ । उपचाररत यात्रुमध्ये एकको अवस्था गम्भीर रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter