• Monday, April 28, 2025

झापामा २५ श्ययाको वृद्धाश्रम निर्माण

old

 

काँकडभिट्टा (झापा), । झापाको सदरमुकाम भद्रपुरमा २५ जना वृद्धवृद्धालाई आश्रय दिने सुविधायुक्त वृद्धाश्रमको निर्माण सम्पन्न भएको छ ।

नेपाल जेरियाटिक सोसाइटीको झापा शाखाद्वारा भद्रपुर–११ मा नवनिर्मित वृद्धाश्रममा असहाय ज्येष्ठ नागरिकलाई आवास, घुमफिर र स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने सोसाइटीका संरक्षक कमल राजवंशी बताउनुहुन्छ ।

आठ जना दाताले दिएको साढे ११ कट्ठा जग्गामा निर्मित २५ श्ययाको आश्रममा बिजुली, पानी, शौचालय र घुमफिरका लागि सुन्दर बगैँचाको निर्माण भइसकेको छ । स्वास्थ्य सेवाका लागि छुट्टै अस्पताल भवन भने निर्माणाधीन अवस्थामा छ ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले पहिलोपल्ट ज्येष्ठ नागरिकलाई मासिक भत्ता उपलब्ध गराउन थालेपछि उनीहरूलाई निःशुल्क स्वास्थ्य, आवास र हेरचाहको व्यवस्था आवश्यक पर्ने सोचेर समाजसेवी कमल राजवंशीले २०५२ सालमै भद्रपुरमा नेपाल जेरियाटिक सोसाइटीको स्थापना गर्नुभएको थियो । संस्थालाई २०५८ सालमा झापा जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता गरिएको थियो ।

सोसाइटीको कार्य समितिका अध्यक्ष दीपक पोखरेलले रु पाँच करोडको लागतमा निर्माण सम्पन्न स्वास्थ्य सेवा भवन सञ्चालनमा आएपछि वृद्धवृद्धालाई लक्ष्यित गरेर स्वास्थ्य सेवा प्रदान गर्ने यो नै नेपालको पहिलो निजी क्षेत्रको ठूलो संस्था बन्ने बताउनुहुन्छ ।

यही फागुन महिनाभित्र आश्रमको उद्घाटन गरिने निर्माण समितिका अध्यक्ष परशुराम अग्रवालले जानकारी दिनुभएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter