• Wednesday, April 30, 2025

इन्धन सहज भएपछि सडक पुनःनिर्माण तीव्र

 road

 

काठमाडौँ, २३ चैत । इन्धन आपूर्ति सहज भएसँगै काठमाडौँ महानगरपालिकामा भइरहेको सडक निर्माणका काम तीव्र रुपमा अघि बढेको छ ।

भूकम्प र त्यसपछि लामो समयसम्म भएको नाकाबन्दीका कारण इन्धनको समस्या हुँदा गत कात्तिक मसान्तसम्म सकिसक्नुपर्ने सडक पुनःनिर्माणको काम अहिलेसम्म नसकिएको भए पनि इन्धन आपूर्तिमा सहज भएसँगै काम सुरु भएको महानगपालिका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले बताउनुभयो ।

अब निरन्तर रुपमा काम गर्न पाइने हो भने पुनःनिर्माणको काम आगामी असार महिनासम्ममा सकिनेछ । हाल महानगरको वडा नं ३४ मा पर्ने प्रयाग मार्ग, श्रीनगर मार्ग, आलोकनगर मार्ग, आलोकतारा मार्ग तथा वडा नं १० को मध्य मार्ग र वडा नं ७ को मैजुबहाल मार्ग, श्रममार्ग, शुभमार्ग, मैत्रीमार्ग, उमामहेश्वर मार्ग र गौरीगल्लीमा काम भइरहेको कामपा, पूर्वाधार विकास महाशाखा प्रमुख सुरेशकुमार राईले जानकारी दिनुभयो ।

सडक पुनःनिर्माण गर्दा ढिला हुनाको प्रमुख कारण इन्धनको अभाव रहे पनि काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कामले सडक पुनःनिर्माण गर्न थप समस्या ल्याएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter