• Wednesday, April 30, 2025

महिला कामदारलाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाउन सकिदैन

dipak

काठमाडौँ, ७ वैशाख । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले यथास्थितिमा महिला कामदारलाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाउन नसकिने बताउनुभएको छ ।

‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका’ विषयमा आज श्रम मन्त्रालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री बोहराले भन्नुभयो– “वैदेशिक रोजगारीमा जानुअघि महिला कामदारको सुरक्षाको पूर्व सुनिश्चितता नभएसम्म ह्वारह्वार्ती पठाउने काम म मन्त्री हुन्जेल हुँदैन ।”

उहाँले हरेक दिन वैदेशिक रोजगारीमा रहेका महिला विदेशमा अलपत्र परेको, शारीरिक यातना पाएको, पारिश्रमिक नपाएकोजस्ता कुरा सुनिने गरेको भन्दै ठोस मापदण्ड बनाएरमात्रै महिला कामदार पठाइने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव विष्णु लम्सालले अहिले वैदेशिक रोजगारी हो कि मानव तस्करी हो छुट्याउनै गाह्रो पर्ने गतिविधि भइरहेको भन्दै त्यसलाई सच्याउन आवश्यक छ भन्नु भयो ।
परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारीले संस्थागत श्रम स्वीकृति खुला गरिए पनि व्यक्तिगत श्रम स्वीकृतिबाट महिलालाई वैदेशिक रोजगारीमा पठाउने कार्य बन्द गरिनुपर्ने सुझाव दिनुभयो ।

महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले अहिले विभिन्न मुलुकमा अलपत्र परेका महिला कामदारको पहिले उद्धार गरेरमात्रै थप कामदार पठाउनेबारे निर्णय लिइनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव रोहन गुरुङले गन्तव्य मुलुकसँग श्रम सम्झौता नगरी महिलालाई वैदेशिक रोजगारीमा पठाउन नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा श्रम मन्त्रालयका सहसचिव आभा श्रेष्ठले ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२’ लाई संशोधनसम्बन्धी नयाँ बुँदाका बारेका जानकारी दिनुभएको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter