• Saturday, April 26, 2025

सुरक्षा संवेदनशीलता र संस्थागत साखलाई हेक्का गर्नुस्– प्रधानसेनापति

CoAS Chhetriकाठमाडौँ, १२ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, सङ्गठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई हेक्का गरेरमात्र विचार प्रस्तुत गर्न सङ्गठनसँग जोडिएका सर्जकलाई सजग गराउनुभएको छ ।

नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अद्यावधिक गराउन आज सैनिक मुख्यालयमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्र्दै उहाँले आत्मवृत्तान्तलगायत पुस्तक, लेख रचना तथा अन्तर्वातामा राष्ट्रिय सुरक्षा, सङ्गठनको गोपनीयता र संस्थागत साखलाई सकारात्मक योगदान पुग्ने ढङ्गबाट मात्र प्रस्तुत गर्न सुझाव दिनुभएको हो ।

केही समयअघि सेनाका पूर्वसेनापति र उच्च अधिकृतका नाममा प्रकाशित पुस्तकमा राष्ट्रिय सुरक्षा र सङ्गठनको गोपनीयताकाबारे समाजका विभिन्न कोणबाट विभिन्न टीकाटिप्पणी हुँदै आएको अवस्थामा प्रधानसेनापति क्षत्रीले उहाँको ध्यानाकर्षण गराउनुभएको हो ।

सरकार र नेपाली जनताले सङ्गठनप्रति राखेको विश्वासलाई अवसरका रुपमा लिएर विकास निर्माण र प्रकृति संरक्षणको क्षेत्रमा उदाहरण प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता हो– प्रधानसेनापति क्षत्रीले भन्नुभयो ।

अन्तक्र्रियामा नेपाली सेनाको समग्र वस्तुस्थिति, कल्याणकारी योजना तथा मानवअधिकारसम्बन्धी प्रस्तुतिकरण भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयबाट समेत समसामयीक विषयमा अन्तक्र्रिया भएको उक्त कार्यक्रममा बलाधिकृत रथी बलदेवराज महतले रचनात्मक सुझावले नीति निर्माणमा योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा महान्यायाधिवक्ता हरि फुयाँल, रक्षा सचिव महेशप्रसाद दाहाल, पूर्वप्रधानसेनापति, बहालवाला तथा अवकाशप्राप्त रथी, निर्देशक, पृतनाका प्राड प्रमुख सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter