• Tuesday, April 29, 2025

पर्या –पर्यटन प्रवद्र्धनमा जोड

Home Stayकावासोती, २५ असार । नवलपरासीमा पर्या पर्यटन प्रबद्र्धनको प्रशस्त सम्भावना रहेकाले सरोकारवाला निकायले ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, महाभारत पर्वत श्रृखला र थुप्रै ताल तलैया भएकाले नवलपरासीलाई पर्या–पर्यटनको जिल्लाको रुपमा चिनाउन सकिनेमा सहभागीहरुले जोड दिएका हुन् ।

नेपाल पर्यटन पत्रकार मञ्च नवलपरासीले कावासोतीमा आयोजनामा गरेको दुई दिने पर्या –पर्यटन सम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा मञ्चका उपाध्यक्ष बिष्णुप्रसाद लम्सालले प्राकृतिक वातावरणलाई खलल नहुने गरी प्रकृतिमैत्री यात्रा या भ्रमण पर्या– पर्यटन भएकाले त्यसमा हुने आर्थिक क्रियाकलापले समुदायलाई फाइदा हुने बताउनु भयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको नवलपरासीको अमलटारी गाउँ जैबिक बिबिधताको संरक्षण मार्फत देशकै उत्कृष्ट घरबास( होमस्टे) सञ्चालन भएको उदाहरणीय गाउँ हो । सरकारले यसलाई गन्तब्य गाउँको रुपमा घोषणा समेत गरिसकेको छ । देश तथा विदेशबाट त्यहाँको होमस्टेमा बास बस्ने अनि प्राकृतिक सुन्दरता सांस्कृतिक सुन्दरतासँग पर्यटकहरु रमाउने गर्दछन् ।

नवलपरासीको अमलटारी थारु गाउँ अहिले दीगो पर्या –पर्यटनको नमूना गाउँको रुपमा चिनिएको छ । पिठौलीको नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्र , महाभारत क्षेत्रको धौवादी, नरम लगाएका क्षेत्रमा पर्या पर्यटन सम्भावना भएको ठाउँ भएकाले त्यस्ता ठाउँहरुको प्रचार प्रसार र प्रवद्र्धनमा सञ्चारका माध्यमले चासो दिदा बाहिरका मान्छेलाई आकर्षण गर्न सकिने पत्रकार रमेशकुमार पौडेलले बताउनु भयो ।

सञ्चारकर्मीहरुले पर्या –पर्यटनको बिषयमा कलम चलाउदा ठाउँको परिचय मात्र नभएर त्यहाँका बासिन्दाको मुहारमा समेत परिवर्तन ल्याउने पत्रकार रामकुमार श्रेष्ठले बताउनु भयो । कावासोती नगरपालिकाकी अनुगमन तथा मुल्यांकन अधिकृत संगीता सुवेदीले वातावरणमैत्री कामले पर्या– पर्यटनको विकासमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय पर्यटन ब्यवासायी संगठनका प्रदेश नं. ४ का सह सचिव जीवन सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा लगायत २६ जना पत्रकारहरुको सहभागिता रहेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter