• Wednesday, April 30, 2025

झापामा खानेपानीमा ८३ प्रतिशतको पहुँच

Drinking waterमोहम्मद सदरुल / भद्रपुर, १३ भदौ । झापा जिल्लामा आर्थिक वर्ष २०७२÷७३ सम्ममा ८२.५ प्रतिशत जनताको स्वच्छ खानेपानीमा पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, झापाले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा ६४.८२ प्रतिशत र आव २०७२÷७३ मा ७७.५९ प्रतिशत घरधुरीमा चर्पीको पहुँच पुगेको छ ।

अहिले पनि झापामा २२.४१ प्रतिशत घरधुरीमा चर्पीको पहुँच नभएको तथ्याङ्कले देखाएको छ । झापामा राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसङ्ख्या आठ लाख १२ हजार ६५० छन् ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार आव २०७२÷७३ मा ९६ प्रतिशत बजेट कार्यान्वयबाट भौतिक प्रगति ९६.६४ र वित्तीय प्रगति ९५ प्रतिशत भएको छ ।

आव २०७२÷७३ का लागि कुल रु २३ करोड ६३ लाख पाँच हजार विनियोजन भएकोमा रु २२ करोड ४४ लाख ९३ हजार खर्च भएको छ ।

जसअनुसार वातावरणीय सरसफाइ कार्यक्रममा रु २० लाख, खानेपानी पुनःस्थापन आयोजनामा रु ३२ लाख, खानेपानी गुणस्तर सुधार आयोजनामा रु एक करोड ८० हजार, खानेपानी तथा सरसफाइ कार्यक्रममा रु १२ करोड ९७ लाख ९६ हजार, उच्च÷ मध्यम स्तरीय ठूला आयोजनामा रु चार करोड ९० लाख तथा खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रमका लागि रु चार करोड २२ लाख २९ हजार रकम विनियोजन भएको डिभिजन प्रमुख इन्जिनियर चोकप्रसाद धितालले जानकारी दिनुभयो ।

विनियोजित बजेटमा वातावरणीय सरसफाइ कार्यक्रममा रु २० लाख खर्च भई शतप्रतिशत प्रगति भएको र खानेपानी पुनःस्थापना आयोजनामा रु ३१ लाख ३० हजार खर्च भई ९७.८१ प्रतिशत, खानेपानी गुणस्तर सुधार आयोजनामा रु ९९ लाख ८३ हजार खर्च भई ९९.०४ प्रतिशत, खानेपानी तथा सरसफाइ कार्यक्रममा रु १२ करोड ४६ लाख ८५ हजार खर्च भई ९६.०६ प्रतिशत, उच्च÷मध्यम स्तरीय ठूला आयोजनामा रु चार करोड ६९ लाख ६३ हजार खर्च भई ९५.८४ प्रतिशत र खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रमअन्तर्गत रु तीन करोड ७७ लाख ३२ हजार खर्च भई ८९.३५ प्रतिशत प्रगति भएको इन्जिनियर धितालले बताउनुभयो ।

चालु आवमा रु १२ करोड ९७ लाख ९६ हजारका ३८ वटा क्रमाङ्गत योजना सञ्चालित रहेकोमा बजेट थप भएर आएमा गौरीगन्ज, दुर्गापुर र गरामनी खानेपानी योजना यसैवर्ष सम्पन्न हुने र
उच्च÷मध्यम ठूला योजनाअन्तर्गत चार वटा महारानीझोड योजना सम्पन्न गर्न थप रु दुई करोड, जलथल योजनालाई रु ९० लाख, शनिश्चरे र सीतापुरी योजनाका लागि रु ५०÷५० लाखबाट चालु आवमा सम्पन्न हुने बताइएको छ ।

यसैगरी आव २०७२÷७३ मा सुरु भएको चन्द्रगढी खानेपानी योजना चालु आवमा सम्पन्न गर्न रु तीन करोड २५ लाख विनियोजन भइसकेकोले योजना पनि यसै आवमा सम्पन्न हुने बताइएको छ ।

यसैगरी, पुराना बन्द भएका खानेपानी आयोजनालाई सुधार एवम् सञ्चालनमा ल्याउनु पर्ने जरुरी भएका तोपगाछीका समयगढ र केराधाप पृथ्वीनगरको गौरीशङ्कर खानेपानी योजनालाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको इन्जिनियर धितालको भनाइ छ ।

राम्रोसँग सञ्चालनमा रहेका खानेपानी योजना धुलाबारी, काँकडभिट्टा, विर्तामोड, दमक, गौरादह, लखनपुर, सुरुङ्गा, जुरोपानी, शनिश्चरेको सफल सञ्चालन एवम् व्यवस्थापनले अन्य योजनाका उपभोक्ता समितिलाई प्रेरणा बन्ने छ ।

खानेपानी तथा सरसफाइको क्षेत्रमा निकै फड्को मारिसकेको झापा जिल्लामा यसै वर्ष खुल्ला दिसामुक्त जिल्ला घोषणा हुने तयारीमा रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter