• Tuesday, April 29, 2025

जापानी संस्थाको सहयोगमा विद्यालय भवन निर्माण; स्वास्थ्य चौकीको स्तरोन्नति गर्न माग

schoolपाल्पा, १६ मङ्सिर । शारदा आधारभूत विद्यालय सिलुवा–४ पोखरडाँडा, पाल्पामा विदेशीको सहयोगमा विद्यालय भवन निर्माण भएको छ । जापानी संस्था बुद्ध आई एसोसिएसनको आर्थिक सहयोगमा चारकोठे पक्की भवन निर्माण गरिएको हो ।

जापानी संस्था बुद्ध आई एसोसिएसनको रु ११ लाख आर्थिक सहयोग, विद्यालय कोष र जनश्रमदानबाट रु तीन लाख ५० हजार गरी जम्मा रु १४ लाख ५० हजारको लागतमा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर रानाले बताउनुभयो ।

गाउँका कुनै पनि बालबालिका शिक्षाको उज्यालो किरणबाट वञ्चित हुन नपरोस् र सबै बालबालिकाले सहज वातावरणमा शिक्षा ग्रहण पाऊन् भन्ने उद्देश्यले भवन निर्माणमा सहयोग गरेको बुद्ध आई एसोसिएसन जापानका तानका कात्सुहीले बताउनुभयो ।

स्वास्थ्य चौकीको स्तरोन्नति गर्न माग

यसैबीच, पश्चिम पाल्पाको छहरा गाविसमा रहेको एक मात्र स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अन्य सेवासुविधा थप गर्न स्थानीयवासीले जोड्दार माग गरेका छन् ।

छहरा स्वास्थ्य चौकीमा बसेको स्थानीय राजनीतिक दल सङ्घसंस्था र बुद्धिजीवीको भेलाले यस्तो निर्णय गरेको हो । छहराको केन्द्रका रुपमा रहेको छहरा स्वास्थ्य चौकी भुवनपोखरी, सोमादी, सिद्धेश्वर, मुझुङ, फेक, जुठापौवा, कचल गाविससँगै अर्घाखाँची जिल्लाको पणेना, खिदिम र पोखराथोक गाविसका जनताले २४ अ‍ै घन्टा प्रसूति सेवासँगै एम्बुलेन्स सेवा लिने थलोका रुपमा यो स्वास्थ्य चौकी रहेको हुँदा यस संस्थाको स्तरोन्नति गर्न तत्काल आवश्यक रहेको छहरा स्वास्थ्य चौकी प्रमुख श्यामप्रसाद मेहताको भनाइ छ ।

भेलाका सहभागीले स्वास्थ्य चौकीमा डक्टरसहित दरबन्दी, ल्याब, एक्स–रे र फार्मेसी लगायतका सेवाको माग गरी केन्द्रमा पठाउने निर्णय गरेका छन् । छहरा अब बन्ने नयाँ संरचनाको गाउँपालिका केन्द्रसमेत रहने भएकाले अन्य सेवासुविधा दिन पनि आग्रह गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter