• Tuesday, May 20, 2025

भूकम्पपीडितलाई एकासीवटा घर हस्तान्तरण

earthquake-houseगोरखा, २८ मङ्सिर । गोरखाको श्रीनाथकोट–३ डाँडागाउँका ८१ भूकम्पपीडित घरपरिवारले भूकम्प प्रतिरोधी घर पाएका छन् । ‘कम्युनिटी चेष्ट अफ कोरिया र वेटर वल्ड’ नामक संस्थाको आर्थिक सहयोगमा गोरखाको अनुग्रह सामुदायिक विकास केन्द्रले जनजाति तथा दलित बस्तीमा घर पुनःनिर्माण गरी आज गाउँलेलाई हस्तान्तरण गरेको हो ।

डाँडागाउँका भूकम्पपीडित कृष्णबहादुर मझकोटीको घर उद्घाटन गरी स्थानीय विकास अधिकारी नारायण आचार्यले भूकम्पपीडितलाई नयाँ घर हस्तान्तरण गर्नुभएको हो । विपन्न दलित समुदायका भूकम्पपीडित घर पाएपछि खुसी छन् । एउटा घर निर्माणमा संस्थाले करिब रु चार लाख लगानी गरेको अनुग्रह सामुदायिक विकास केन्द्रका अध्यक्ष साधुराम नेपालीले जानकारी दिनुभयो ।

संस्थाले डाँडागाउँको बुद्धिकल्याण प्राथमिक विद्यालयमा छ कोठे भवन, घरघरै खानेपानीको धारा र घरघरमा मोटरबाटो पु¥याएको छ । विद्यालय भवन पुनःनिर्माणमा रु २५ लाख लगानी गरिएको उहाँको भनाइ छ ।

यस्तै जनकल्याण माविदेखि गाविस भवनसम्मको करिब तीन किमी सडक स्तरोउन्नति गरिएको नेपालीले जानकारी दिनुभयो । भूकम्पले घर भत्केपछि दुःखी भएका नेपालीलाई ओतमा बस्ने व्यवस्थाका लागि आफूहरुले घर निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको कोरियास्थित ‘वेटर वल्ड’ नामक संस्थाका प्रतिनिधि इलोक पार्कले बताउनुभयो । “विपन्न दलित बस्ती पुनःनिर्माणमा हामीले सहयोग गरेका छौँ । यो बस्तीलाई कसरी विकसित बनाउने, गाउँलेलाई कसरी जीवनयापन गर्न सहज बनाउने भन्नेबारे हामी सोच्दै छौँ ।”

घर हस्तान्तरण कार्यक्रममा स्थानीयवासी इन्द्रबहादुर रम्तेलले गाउँलेले घर पाएको भए पनि शौचालय तथा सरसफाइको अवस्था ज्यादै दर्दनाक अवस्थामा रहेको बताउनुभयो । भूकम्पले गाउँका सबै शौचालय भत्केपछि समस्या भएको हो ।

घर हस्तान्तरण कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, माओवादी केन्द्रकी पूर्णकुमारी कँडेल, गाविस सचिव रेखा पाइजा, नेकपा एमालेका चन्द्रबहादुर भुजेल, नेपाली काँग्रेसका तुलसी ढकाल, स्थानीयवासी कृष्ण गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुनःनिर्माणले गतिलिन नसकिरहेका बेला विदेशीको सहयोगमा डाँडागाउँको बस्ती पुनःनिर्माण भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter