• Saturday, April 26, 2025

रकम सङ्कलन गरेर बाटो निर्माण

Roadदाङ, ११ पुस । यहाँका स्थानीयवासीले रकम सङ्कलन गरेर पश्चिम दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्तरोन्नति गरेका छन् । स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । १० घर परिवारबाट प्रतिघर परिवार रु २४ हजारका दरले रकम सङ्कलन गरी ्दुई किलोमिटर बाटो निर्माण गरिएको स्थानीय अगुवा मानबहादुर केसीले बताउनुभयो ।

मूल सडकदेखि केही टाढा रहेको बसेनी गाउँका स्थानीयले गाविस, सङ्घसंस्था तथा विभिन्न राजनीतिक दलसँग पटकपटक हारगुहार गर्दै आएको भए पनि कसैले नसुनेपछि स्थानीयले प्रतिघरधुरी रकम सङ्कलन गरेर उक्त सडकखण्डको स्तरोन्नति गरेका हुन ।

यहाँ एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने बाटो नहुँदा सुत्केरी व्यथा लाग्दा र स्थानीय बिरामी पर्दा डोकोमा बोकेर घन्टौँ हिँडेर बजार पु¥याउनुपर्ने असहज परिस्थिति थियो, तर बाटो बनेपछि त्यो दुःख समाप्त हुने अपेक्षा गरिएको छ । सडकको स्तरोन्नतिसँगै स्थानीय उत्पादन बजार पु¥याउन सहज हुने छ ।

उक्त सडकखण्ड आसपासको क्षेत्रमा टिमुर, अदुवा, कागती, आलु र बेमौसमी तरकारी राम्रो उत्पादन हुँदै आएको भए पनि त्यसले बजार पाउन नसकेको स्थानीय उदीराम बलीले बताउनुभयो । सडकको स्तरोन्नतिसँगै बाघमारे गाविसको बसेनी, गजुरे, गहुँखोरे तथा छिमेकी गाविस शान्तिनगरका तोरीखुती, एकराते, वैजारखुटीलगायतका गाउँ यो सडकबाट लाभान्वित हुने छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter