• Sunday, April 27, 2025

इँटा भट्टाका बालबालिका उच्च जोखिममा

brickभक्तपुर, १२ पुस । भक्तपुरमा संचालित इँटा भट्टाले खुल्ला रुपमा जथाभावी पोखरी निर्माण गरेपछि यहाँका बालबालिका उच्च जोखिममा परेका छन् ।

ईटा बनाउने याम सुरु भएसंगै जिल्लाका ६२ वटा इँटा भट्टामा विभिन्न जिल्लाबाट काम गर्न आएका मजदूरका छोराछोरीको ज्यान उच्च जोखिममा परेको हो ।

एउटै भट्टामा इँटा बनाउने खलो (स्थान) अनुसार ठूला साना गरी २० वटासम्म खाल्डो खन्ने र त्यसमा पानी भरेर खुल्ला राख्ने गरेपछि बालबालिका पोखरीमा डुबेर ज्यान गुमाउने हुँदै आएको छ । दश दिन अगाडि मात्रै सिपाडोल स्थित एक इँटा भट्टामा एक ३ वर्षको बालकको इँटा बनाउन पानी भरेर राखेको पोखरीमा परेर ज्यान गएको थियो ।

इँटा भट्टा संचालकको लापर्वाहीले हरेक वर्ष बालबालिका पोखरीमा डुबेर ज्यान गुमाउने गरेपनि संचालकले पोखरीलाई सुरक्षित पार्ने कार्य नगर्दा बालबालिकाको अकालमा ज्यान जाने गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर शाखका अनुसार २०७० सालमा छ, २०७१मा पाँच र २०७२मा छ बालबालिकाको त्यस्ता पोखरीमा डुबेर ज्यान गएको र यसवर्ष पनि एक जनाको ज्यान गईसकेको जानकारी दिएको छ ।

भट्टा संचालकहरुले सानोमा ८ फिट गहिरो र ठूलोमा १० फिट भन्दा बढी गहिरो पोखरी खन्ने र त्यसमा पानी भरेर राख्ने गरेका छन् ।

पोखरी खनेपछि बालबालिका जान नसक्ने गरि काँडे तार, बाँस वा इँटा कै बार लगाएर राख्ने गरि जिल्ला प्रशासन कार्यालयमा सम्झौता गरे पनि व्यावसायीलेसम्झौता कार्यान्वयन नगरी पोखरीलाई खुल्ला छाड्ने गर्दा बालबालिका खेल्ने क्रममा पोखरीमा परेर ज्यान जाने गरेको प्रहरीको भनाई छ ।

यसवर्ष पनि इँटा भट्टा संचालकसंग जिल्ला प्रशासन कार्यालयमा तत्कालिन प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको नेतृत्वमा बसेको बैठकले पोखरीलाई सुरक्षित राख्न बार लगाउने सहमति भएको प्रहरी प्रवक्ता डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

सहमति भएको एक महिना बित्दा पनि जिल्लाका कुनै पनि इँटा भट्टाले पोखरीलाई सुरक्षित बनाउँदै बालबालिका जान नसक्ने गरि बार नलगाएको प्रहरीको भनाई छ ।

भक्तपुर इँटा व्यबसायी संघका अध्यक्ष नातिभाई ह्याम्बाले भने जिल्लाका सबै इँटा भट्टालाई पोखरीमा बार लगाएर सुरक्षित गर्न संघले निर्देशन दिईसकेकाले केहीमा बार लगाउने काम सुरु भईसकेको र केहीले छिट्टै बार लगाउने दाबी गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter