• Monday, April 28, 2025

खेर गइरहेको झारपातलाई पोलेर बायो ऊर्जा उत्पादन

Briquetteअच्युत रेग्मी / सिन्धुपाल्चोक, १३ पुस । वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ ।

जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो ।

हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट र चारकोल कोइला उत्पादन गरिएको हो ।

जाडोयाममा कोठा न्यानो बनाउन र इँटा भट्टामा इँटा पोल्नका लागि प्रयोग गरिने वायो ऊर्जा उत्पादनबाट स्थानीयले रोजगारसमेत पाएका छन् । अत्तरपुर ८ की सपना श्रेष्ठ बिहान बच्चाबच्चीलाई विद्यालय पठाएर घरको धन्दा सकेर १२ बजेतिर ब्रिकेट बनाउन आउनुहुन्छ ।

दिनभरि विक्रेट बनाउँदा उहाँलाई दैनिक पाँच सयदेखि सात सय रुपैयाँसम्म आम्दानी हुने गर्दछ ।

यस्तै अत्तरपुरकै जमुना शाक्य पनि बिहान घरको धन्दा सकेर ब्रिकेट बनाउन आउँदा दैनिक रु पाँच÷सात सय आम्दानी गर्नुहुन्छ । उक्त गाविसमा मात्र ब्रिकेट उत्पादन कम्पनीमा २०० भन्दा बढी मानिसले रोजगारी पाएका छन् ।

सुरुमा खाल्डो खनेर पातपतिङ्गर पोलेर कोइला र ब्रिकेट बनाउने गरेपनि हेल्भेटास र हिमालय नेचुरल प्रालिको सहयोगपछि आधुनिक प्रविधिमार्फत बनाउन थालिएको प्यूखर्क वायोब्रिकेट उद्योगका अध्यक्ष यामबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुका दिनमा गुणस्तरीय सामान बनाउन गाह्रो हुन्थ्यो, अहिले गुणस्तरीय सामान उत्पादन गर्न सक्षम भएका छौँ ।”

उक्त उद्योगहरुमा पाँँच इञ्च गोलाई, १.३० इञ्च उचाइ र ५ इञ्च गोलाइ र तीन इञ्च उचाइका दुईथरि ब्रिकेट उत्पादन हुने गरेको छ ।

धसिङ्ग्रे ब्रिकेट उद्योगका अध्यक्ष शशीकुमार शाक्य ब्रिकेट उत्पादनबाट एक सिजनमा रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारी क्षेत्रबाट यस्तो काममा सहयोग हुने हो भने धेरै युवाले रोजगार पाउने थिए ।”

हेल्भेटासकी वायो ऊर्जा परियोजना अनुगमन अधिकृत उषा पाण्डेय समुदायलाई स्वावलम्वनतिर लैजान र विदेशबाट दैनिक रुपमा भित्रने गरेको ऊर्जालाई कम गर्ने काममा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ हेल्भेटासले यस्तो कार्यक्रममा सहयोग गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ग्रामीण क्षेत्रमा रहेका बेरोजगार युवालाई गाँउमै रोजगार दिन यस्तो कार्यक्रमले सहयोग पुग्नेछ ।”

हिमालयन नेचुरल प्रालिका कार्यकारी निर्देशक सुशील ज्ञवाली ऊर्जाका नाममा विदेसिएको रकम रोक्ने उद्देश्यका साथ वायोऊर्जा उत्पादनमा आफ्नो संस्था लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले सहयोग गरे हामी २० हजार सिलिण्डर बराबरको वायोमास उत्पादन गर्न सक्छौँ ।”

हिमालय नेचुरल प्रालिले हाल भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट सिन्धुपाल्चोक र काभ्रे जिल्लामा वायोमास उत्पादन गरिरहेको छ । जसको माध्यामबाट एक हजारभन्दा बढी व्यक्तिलाई रोजगार दिएको छ । जसमध्ये ४० प्रतिशत महिला रहेका छन् ।

सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत शिव सापकोटा वनमा खेर गइरहेको झाडीलाई सदुपयोग गरी बायोब्रिकेट उत्पादन गरी उर्जा अभावलाई सहयोग गरेको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “ वनको वार्षिक कार्यक्रममा झाडी व्यवस्थापन पनि रहेको हुँदा वायो ऊर्जाले झाडी व्यवस्थापनमा सहयोग पुगेको छ ।”

सरकारले यस्तो काममा सहयोग गरे नाकाबन्दीजस्ता आपत्कालीन समयमा थोरै भएपनि राहत पुग्ने थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter