• Tuesday, April 29, 2025

प्रधानमन्त्रीले निर्वाचनबारे दलीय परामर्श गर्ने

Prachandaकाठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले सोमबार बिहान सत्ता साझेदार दल नेपाली काँग्रेस र मधेसी मोर्चासहितको गठबन्धनलाई छलफलका लागि बोलाउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले मोर्चालाई बालुवाटार बोलाउनुभएको मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले राससलाई जानकारी दिनुभयो ।

उहाँले संशोधनको टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचनको अर्थ नहुने भन्दै मोर्चाले बैठकमा यिनै विषयमा जोड दिने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter