• Tuesday, April 29, 2025

‘क्रान्तिवीरको सपना’विमोचित

Krantibir Ko Sapanaकाठमाडौँ, १८ फागुन । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन भए मात्र रामप्रसाद राईको सपना पूरा हुने बताउनुभएको छ ।

राईको १०८ औँ जन्मजयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘क्रान्तिवीरको सपना’ उपन्यास विमोचन गर्दै पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचन गरे मात्र राईको क्रान्तिको सपना पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राईले देखेको गणतन्त्रको सपना अहिलेसम्म पूरा भएको छैन ।”

नेता नेम्वाङले राईले ठूलो अवसर पाउँदा पाउँदै पनि नेपाली जनताका निम्ति चालेको कदम क्रान्तिवीरको कदम भएको उल्लेख गर्नुभयो ।

उपन्यासकार प्रदीप नेपालले एकतन्त्रीय राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि गरेको राईको योगदानलाई राज्यले बिर्सन नहुने बताउनुभयो । उहाँले राईका बारेमा कैयौँ कृति र गीत निस्केको बताउँदै अब उहाँको बारेमा वृत्तचित्र र चलचित्र निर्माण गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

कृतिका समीक्षक डा देवी नेपालले मुलुकको पूर्वी भागको क्रान्तिको इतिहास बुझ्न पुस्तक ऐतिहासिक दस्तावेज भएको बताउनुभयो । डा नेपालले उपन्यासमा भाषिक त्रुटि रहेकाले आगामी दिनमा सच्याउन सुझाव पनि दिनुभयो ।

फाउन्डेसनका अध्यक्ष तारादेवी राई, महासचिव दिवान राईलगायतले राईले नेपालको क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेकाले राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभयो ।

विसं १९६२ मा भोजपुरमा जन्मनुभएका राई ४३ वर्षका उमेरमा बेपत्ता हुनुभएको थियो । राईका सम्झनामा विसं २०५२ फाउन्डेसन खोलेर उहाँको योगदानका बारेमा विभिन्न लेख, रचना र पुस्तक प्रकाशन हुँदै आइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter