• Tuesday, April 29, 2025

विमानसम्बन्धि सूचना पाँच दिनभित्र दिन निर्देशन

NACकाठमाडौँ, २२ फागुन । सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको ठूलो आकार (वाइड बडी) विमान सम्बन्धि सम्पूर्ण सूचना तथा जानकारी पाँच दिनभित्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

उक्त विमान खरिद प्रक्रियामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि समितिको आजको बैठकले त्यस सम्बन्धमा सत्यतथ्य पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपाल वायुसेवा निगमको विस्तृत कार्ययोजना, वित्तीय योजना, निगम सञ्चालन तथा नयाँ विमान खरिद पछिको जनशक्ति व्यवस्थापनलगायत समग्र कार्ययोजना एक महिनाभित्र प्रस्तुत गर्न निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले बताउनुभयो ।

“चीनबाट खरिद गरिएका विमान, खरिद मूल्य तथा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताबारे पनि समितिलाई लिखित जानकारी दिन निर्देश गरेका छौँ,” उहाँले भन्नुभयो ।

निगमलाई सबल, सुदृढ एवम् भरपर्दो सेवा प्रदायक तुल्याउन गत वर्षको नीति तथा कार्यक्रममा रणनीतिक साझेदार भित्र्याउनेबारेमा उल्लेख भए पनि हालसम्म त्यसबारे कुनै काम नभएकाले आगामी तीन महिनाभित्र त्यससम्बन्धी ठोस कार्ययोजना पनि समितिसमक्ष पेस गर्न निर्देशन दिइएको जानकारी सभापति उपाध्यायले दिनुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही र निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नयाँ विमान खरिदको विकल्प नभएको बताउँदै कर्मचारी व्यवस्थापन विद्यमान ऐनकानुनबमोजिम भएको बताउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter