• Wednesday, June 11, 2025

टोनी हागनद्वारा लिखित ‘विकेन्द्रीकरण र अभ्यास’ पुस्तक सार्वजनिक

Tony Heganकाठमाडौँ, ८ चैत । स्विस विकास सहायताका प्रवर्तक टोनी हागनले लेख्नुभएको ‘विकेन्द्रीकरण र विकास’ नामक पुस्तक आज यहाँ सार्वजनिक भएको छ ।

विकास अभ्यासकर्ताका रुपमा उहाँले नेपाल र अन्य मुलुकमा रहेर काम गर्दाको अनुभव समेटिएको पुस्तक नेपालका लागि स्विट्जरल्यान्डका राजदूत जोर्ज फ्राइडेनले आज यहाँ आयोजित एक कायक्रममा सार्वजनिक गर्नुभयो ।

सो क्रममा राजदूत जोर्जले विकास प्रक्रिया र प्रजातान्त्रिक सङ्क्रमणबारे हागनले आफ्ना गहन विचार पुस्तकमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले नेपाल विकेन्द्रकरणमा परिणत हुँदै गर्दा थुप्रै चुनौती व्यहोर्नुपर्ने उल्लेख गर्दै संविधानअनुसार खडा सात सय ४४ वटा स्थानीय तहलाई सञ्चालनलाई व्यवस्थित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी टोनी हागनका छोरी डा काट्रिन हागनले प्रत्येक नागरिकले प्रजातन्त्रको अनुभव गर्न पाउनुपर्नेमा सधैँ विकास प्रवर्तक टोनीको विचार रहेको उल्लेख गर्दै प्रजातन्त्र भुइँतहबाटै उठ्नुपर्ने बताउनुभयो ।

सो अवसरमा टोनी हागन फाउन्डेसनका अध्यक्ष प्रा प्रमोदकुमार झाले विक्रेन्द्रीकरणले राज्यलाई जनताको नजिक ल्याउँछ भन्ने टोनीको तर्क रहेको उल्लेख गर्नुभयो ।

टोनी हागन फाउन्डेसनका लागि हिमाल किताबद्वारा प्रकाशित पुस्तक वसन्त थापाले नेपालीमा सम्पादन गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter