• Sunday, April 27, 2025

‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ प्रशिक्षण कार्यक्रम;  निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ

 

Election Commissionपोखरा, १४ चैत । स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने ‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।

निर्वाचनमा आवश्यकपर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको सुरक्षा, ढुवानी र व्यवस्थापन तथा लेखालाई बेरुजु हुन नदिइ चुस्त दुरुस्त पारी शून्यमा झार्न सघाउ पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय कास्कीको आयोजनामा भएको सो कार्यक्रममा लुम्बिनीको पाल्पा र गुल्मीसहित गण्डकी र धौलागिरी अञ्चलका जिल्ला निर्वाचन अधिकारी, कोष तथा लेखा नियन्त्रण एव्म निर्वाचन कार्यालयका लेखा र जिन्सी शाखाका प्रमुख समेत ४८ जनाको सहभागिता रहेको छ ।

सो अवसरमा जिल्ला अदालत कास्कीका जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्णले निर्वाचन गराउनु निकै झन्झटिलो काम भए पनि लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन महत्वपूर्ण भएकाले त्यसलाई सम्पन्न गर्नु राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व हो भन्नुभयो ।

प्राप्त सीमित स्रोत र साधनको उचित व्यवस्थापन गरी तोकिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गङ्गालाल सुवेदी र निर्वाचन आयोगका शाखा अधिकृत लोकबहादुर रानाले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र धाँधलीरहित सम्पन्न गर्न सबैको अहम दायित्व भएको बताउनुभयो ।

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नुवाकोटमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै गएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक चहलपहललाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिएको हो ।

जिल्ला निर्वाचन कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चौबीसै घन्टा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जिल्लाको विभिन्न स्थानमा हुने निर्वाचनसम्बन्धी राजनीतिक कार्यक्रममा पनि प्रहरीले सुरक्षा व्यवस्थामा प्राथमिकता दिएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

निर्वाचनसम्मका लागि जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ, प्रहरी उपरीक्षक बोहराले भन्नुभयो – निर्वाचनका समयमा उच्च सुरक्षा व्यवस्थापनका लागि थप सुरक्षाकर्मी माग गरिएको छ ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा स्थानीय तहअनुसार सुरक्षाकर्मीको अस्थायी युनिट र प्रहरी पोस्टसमेत निर्माण गर्न लागिएको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter