• Monday, April 28, 2025

मस्तिष्क पक्षघात भएकालाई स्याहार केन्द्र वरदान सावित

फाईल तस्विर

फाईल तस्विर

खगेन्द्रप्रसाद घिमिरे / धनकुटा, १५ चैत । स्याहार केन्द्र सञ्चालन भएपछि मस्तिष्क पक्षघात भएका बालबालिकाको जीवनमा वरदान सावित भएको छ ।

जिल्ला सदरमुकाममा रहेको गोकुण्डेश्वर उच्च माविमा स्याहार केन्द्र स्थापना गरिएपछि बजार क्षेत्रका पक्षघात भएका बालबालिका शरीर तन्दुरुस्त बनाउने प्रयास गरिरहेका छन् ।

अभिभावक स्वावलम्बन समूह, धनकुटा र मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल केन्द्रीय कार्यालयद्वारा सञ्चालित स्याहार केन्द्रमा पाँच वर्षदेखि १२ वर्षसम्मका आठजना बालबालिका र हिले माविमा खोलिएको केन्द्रमा १० जना मस्तिष्क पक्षघात भएका बालबालिका रहेका छन् ।

मस्तिष्क पक्षघात भएका बालबालिकालाई ११ बजे केन्द्रमा ल्याउने र ३ बजे अभिभावकले घर लैजाने गरेका छन् । अभिभावकबाट मासिक सङ्कलन गरिएको रकमबाट स्याहार केन्द्र सञ्चालनमा रस्ती राईले सहजीकरण गर्ने गरेका छन् ।

मस्तिष्क पक्षघातबाट अधिकांश बालबालिकाको टाउको, ढाड र खुट्टामा समस्या भएका कारण पूरै शरीर चलाउन नसक्ने धनकुटा–७ का चारवर्षीय शुभम श्रेष्ठ स्याहार केन्द्रमा लैजान थालेपछि उठेर बस्न र हातखुट्टा चलाउन सक्ने भएका छन् ।

उनी जस्तै नगरका चार बालबालिकाको स्वास्थ्यमा सुधार आएपछि नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका केन्द्र सञ्चालकको भनाइ छ । अधिकांश अति गरिब परिवारमा रहेका यस्ता बालबालिका ग्रामीण क्षेत्रमा सङ्ख्यात्मक रुपमा बढी विजोक अवस्थामा रहेका र स्याहार केन्द्रसम्म ल्याउन समस्या भएको छ ।

मस्तिष्क पक्षघात भएका बालबालिकाको शारीरिक अङ्ग र मानसिकरुपमा सुधार आउने भएकाले अभिभावक केन्द्रसम्म ल्याउने चाहना भएपनि यातायातको कठिनाइ भएकाले नियमितता ल्याउन नसकिने हिले माविमा केन्द्र सञ्चालन गर्ने शर्मिला तामाङले बताउनुभयो ।

मस्तिष्क पक्षघात भएका र अपाङ्गता भएको बालबालिकाका लागि उचित वातावरण, उत्प्रेरणा तथा अभिमुखीकरण गरी उनीहरुका शरीरलाई सामान्य बनाउन, सामजिक घुलमिल गर्न सक्षम बनाउने, अभिभावकलाई मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गर्ने प्राविधिक, व्यवहारिक एवम् सामाजिक अन्तरघुलन गर्न प्रशिक्षण समेत गर्ने गरेको तामाङको भनाइ रहेको छ ।

वार्षिक तीनलाखभन्दा बढी खर्च हुने केन्द्र अभिभावक स्वावलम्बन केन्द्र, धनकुटा–४ को मार्गेश्वरी प्राथमिक विद्यालयमा २०६६ सालमा हप्ताको चारदिन स्याहार केन्द्र सञ्चालन गरी सुरु भएको केन्द्र २०६७ सालदेखि नियमितता हुने भन्दै गोकुण्डेश्वर माविमा केन्द्र सञ्चालन हुन थालेको सल्लाहकार पुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

मस्तिष्क पक्षघात स्वावलम्बन समूहले गाउँघरमा सेवा गर्न नगरपालिकासहित बेलहारा, आँखीसल्ला, भिरगाँउ, खुवाफोक, चुङमाङ, लेगुवा, घोर्लीखर्क र भेडेटार गाविसमा गरी ६० जना मस्तिष्क पक्षघात भएका बालबालिका रहेका भएपनि केन्द्रसम्म ल्याउन नसकिएको सञ्चालक रस्ती राई बताउनुहुन्छ ।

स्थानीय सामग्रीबाट विभिन्न प्रकारका फर्निचर निर्माण गरी फिजियोथेरापी गराउन अभिभावकलाई सिकाउने कार्य गर्नसके मस्तिष्क पक्षघात भएका बालबालिकालाई वरदान सावित हुने राईको भनाइ छ ।

गाउँगाउँमा रहेका बालबालिकालाई फिजियोथेरापीबाट सवल बनाउनुको सट्टा अभिभावकले नै अपहेलना गर्ने कारण टिठलाग्दो अवस्था रहेको छ ।

परिवार समाजको धारणा समेत नकारात्मक भई बेवास्ता गरेका कारण घरमा अलपत्र अवस्थामा छोडिएकालाई संरक्षण गर्न केन्द्र स्थापना गरी स्याहार गर्न सुरु गरिएपनि आर्थिक कठिनाइ भएका कारण सरकारी सहयोग प्राप्त भए केन्द्र सञ्चालन सफल हुने सल्लाहकार पुरेन्द्रलाल श्रेष्ठ बताउनुहन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter