• Saturday, April 26, 2025

जनताले चाहे खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन सम्भव छ : उपप्रधानमन्त्री थापा

Kamal Thapaकाठमाडौँ, वैशाख ९ गते । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन गराउन सकिने दाबी गरेका छन् । मोर्चा सहमतिमा आए केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने तर जेठ भन्दा पर धकेल्न नहुने बताए ।

संविधान जारी गर्दा राप्रपाको असन्तुष्टि बाबजुद पनि बहुमतको कदर कदर गरेको भन्दै थापाले मधेसी मोर्चाको असन्तुष्टिलाई चुनावपछि मिलाउन सकिने बताए । संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले २० वर्षपछि जनताले पाउन लागेको अधिकारलाई लत्याएर चुनाव वहिस्कार गर्ने कठोर निर्णय नलिन मोर्चालाई आग्रह गरे ।

‘जनतालाई दुःख दिनुपर्ने आवश्यकता नै छैन,’ झापाको दमकमा शनिबार आयोजित चुनावी सभामा उनले भने,‘मोर्चा र सरकारबीचको वार्ता सकारात्मक छ । मोर्चा पक्कै चुनावमा आउँछ भन्नेमा म विश्वस्त छु ।’ उनले मधेशी मोर्चाका असहमतिलाई निर्वाचनपछि संवोधन गर्न सकिने बताए । तत्काल निर्वाचनमा आउन उनले मोर्चालाई आग्रह गरे ।

राप्रपाको माग पनि संविधानले संवोधन गर्न नसकेको बताएका थापाले संविधान संशोधन गरेर त्यसलाई स्थापित गराउने दिशातर्फ आफूहरु राजसंस्थाको चर्चा उपप्रधानमन्त्री थापाले जनताले चाहेको खण्डमा गणतन्त्रलाई संवैधानिक बाटोबाटै खारेज गरी राजसंस्था फर्काउन सकिने उनले दाबी गरे । उनले भने, ‘राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संविधानले दिएको छ । जनताले चाहेमा संविधानको उपयोग गर्दै खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन सम्भव छ ।’

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter