• Tuesday, April 29, 2025

आयोगको भनाइप्रति एमालेको आपत्ति, लिखित असहमति दर्ता गर्ने; एमालेको अवरोध पछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित

Election Commissionभक्तपुर, वैशाख १२ गते । निर्वाचन आयोगले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ ।

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको स्थायी कमिटी बैठकले आयोगको ध्यानाकर्षण गराउँदै आजै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले यसबारेमा निर्वाचन आयोगमा पुगेर लिखित असहमति दर्ता गर्ने निर्णय गरेको छ ।

बैठक सम्पन्न भएपछि सञ्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी गराउँदै एमाले सचिव योगेश भट्टराईले भन्नुभयो – “एक महिनाको अन्तरमा दुई चरणमा निर्वाचन गराउन खोज्ने र त्यसैको चर्चा गरेर बहुसङ्ख्यक प्रदेशमा निर्वाचन गराउने योजना षड्यन्त्रमूलक रहेको एमालेको ठम्याइ छ । बजेटपछि चुनाव गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने निर्णय भएको छ ।”

दुई चरणमा चुनाव गर्ने भएपनि बजेट भाषणअघि नै गर्नुपर्ने पक्षमा एमाले रहेको बताउँदै उहाँले भन्नुभयो – “सरकारको षड्यन्त्रमा निर्वाचन आयोगको सहमतिप्रति एमालेको आपत्ति छ ।”

जेठ १५ गते चुनावी बजेट पेस गरेर त्यही बजेटको वकालत गर्दै भोट माग्न जाने सत्तापक्षको षड्यन्त्र भएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार बजेट भाषणअघि दुवै चरणका चुनाव हुनुपर्ने र स्थानीय तहको सङ्ख्या तलमाथि गर्न नहुने एमालेका माग हुन् ।

यसैबीच, एमाले स्थायी कमिटी बैठकले सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णयसमेत गरेको छ । उहाँले भन्नुभयो – “अहिले ल्याइएको संविधान संशोधनको प्रस्तावलाई सबै शक्ति लगाएर असफल पार्ने निर्णय एमालेले गरेको छ ।”

एमालेको भोलि पुनः बस्ने बैठकमा उम्मेदवार चयन र घोषणापत्रबारेमा छलफल हुने बताइएको छ । रासस

एमालेको अवरोध पछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित
व्यवस्थापिका–संसद्को बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिनुभयो । यसअघि आज संसद् बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद गङ्गालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति विरोध जनाउनुभयो । सम्बन्धित मन्त्रीले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा सदनलाई जानकारी नगराइकन बैठक अगाडि जान नसक्ने तर्क पनि उहाँले दिनुभयो । उहाँको सो भनाइलगत्तै एमालेका सांसदहरु आ–आफ्नो ठाउँबाट उभिनुभयो । सभामुख ओनसरी घर्तीले पटक÷पटक आशनग्रहण गर्न आग्रह गर्नुभए पनि उहाँहरु नमान्नु भएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो । संविधान संशोधनका विषयमा आफूहरुसँग कुनै सल्लाह नगरेको बताउँदै आएको एमालेले त्यसबारेको जानकारी माग गरेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter