• Tuesday, April 29, 2025

भृकुटीमण्डपमा बैंकिङ एक्स्पो

Nepal-Bankers’-Associationकाठमाडौँ, वैशाख १२ गते । नेपाल राष्ट्र बैंक, बैंकर्स सङ्घ, डेभलपमेन्ट बैँकर्स एसोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनलगायत संस्थाको सहकार्यमा यही वैशाख १५ गतेदेखि भृकुटीमण्डपमा बैंकिङ एक्सपो हुनेभएको छ ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक विभुप्रसाद अर्यालले पहिलो पटक बैंकिङ एक्स्पो हुन लागेकाले सबै बैंकका बारेमा एउटै ठाउँमा अध्ययन गर्न सकिने, बैंक सम्बन्धी सूचना जनसमक्ष ल्याउन सो मेला प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

बैंकर्स सङ्घका कार्यसमिति सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रका बारेमा बुझ्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि मेला महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका प्रथम उपाध्यक्ष राजेन्द्र पौडेल तथा माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स सङ्घका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले पहिलो पटक आयोजना हुनलागेको सो कार्यक्रम बैंक र सेयर बजारमा प्रभावकारी हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रम वैशाख १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छ । व्यवस्थापन, कृषि र पर्यटन जस्ता उद्यमशीलताको खोजीमा अध्ययन गरिरहेका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएर नेपालमै उद्यमी बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

बैकिङ, लघुवित्त, बिमा, सेयर बजारसँग सम्बन्धित तथा अन्य सङ्घ संस्थाका गरी करिब ४५ कक्ष सञ्चालन हुनेछन् । नेपाल राष्ट्र बैंक, बिमा समिति, नागरिक लगानीकोष, युवा स्वरोजगार कोष, बिमा कम्पनी, माइक्रोफाइनान्स तथा विप्रेषण कम्पनीले सूचनामूलक कक्ष राख्नेछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter