• Tuesday, May 20, 2025

अटिजम बालबालिकालाई सघाउन छोरीको नाममा फाउन्डेसन स्थापना

Autismकाठमाडौँ, असार १ गते । अटिजम र अनाथ बालबालिकाको रेखदेखका लागि काम गर्दै आएका संस्थालाई सहयोग गर्ने उद्देश्यले सञ्चारकर्मी भरतराज उप्रेतीले छ महिने छोरीको नाममा ‘सम्पदा फाउन्डेसन’ स्थापना गर्नुभएको छ ।

सो फाउन्डेसनले यहाँ आयोजित एक कार्यक्रममा छोरी सम्पदा उपे्रतीको नाममा खोलिएको फाउन्डेसनले अन्य कुनै कार्यक्रम नगरी अटिजम भएका बालबालिकाको क्षेत्रमा मात्र काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ ।

फाउन्डेशनले विगत सात वर्षदेखि अटिजम भएका बालबालिकालाई थेरापीसहित क्षमताअनुसारको विशेष शिक्षा दिँदै आएको ‘विशेष स्कुल तथा पुनःस्थापना केन्द्र’ लाई रु २३ हजार सहयोग गरेको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले छोरीको जन्ममा अब खुसी साट्ने परम्पराको विकास भएको भन्दै बालबालिकाकाको नाममा हुने खर्च कटौती गरी अटिजम भएका बालबालिकालाई सहयोग गर्नु सकारात्मक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्ता हरेक प्रकारका समस्याबाट गुज्रिरहेका बालबालिका लागि मैले पनि सक्दो सकयोग गर्नेछु । ”

सम्पदा उप्रेतीका आमा तथा सिर्जनशील प्रवद्र्धन केन्द्रकी संस्थापक सावित्री बस्नेतले अटिजम भएका बालबालिकाको स्याहार चुनौतीपूर्ण काम भएकाले राम्रो स्याहार गर्नसके उनीहरुको पनि जीवनमा परिर्वतन आउन सक्छ भन्ने सोचले अटिजमका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको बताउनुभयो ।

विशेष स्कुल तथा पुनःस्थापना केन्द्रका अध्यक्ष सरिता उप्रेतीले नेपालमा अटिजम भएका बालबालिकाको लागि सञ्चालित पहिलो विद्यालय भएको भन्दै अटिजमबारे जानकारी नभएर कष्टपूर्ण जीवन बिताइरहेका बालबालिकालाई आत्मविश्वास जगाई समान्य जीवन जिउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उक्तकेन्द्रमा हाल देशभरका ४५ जना अटिजम बालबालिकाले अध्ययन गरिरहेका छन् । फिजियोथेरापी ७३०, विशेष शिक्षा र विभिन्न थेरापी ९० जना अटिजम बालबालिकाले प्राप्त गरिसकेका छन् भने विशेष शिक्षा र सीपमूलक तालिम प्राप्त गरी सोही संस्थामा १० जनाले रोजगारी पाएका छन् ।

लामो समयसम्म सरकारको महत्वमा नपरेको अटिजम मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा ६८ जनामध्ये एक जनामा अटिजम हुने र छोरीलाई भन्दा छोरामा तीन÷चार गुणा बढी असर पार्ने गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter