प्रधानन्यायाधीशमा पराजुली सिफारिस

Gopal Parajuliकाठमाडौँ, असार १५ गते । संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उहाँलाई प्रधान्यायाधीशमा सर्वसम्मत चयन गर्दै संसदीय सुनुवाइ विशेष समितिमा पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पराजुलीका बिषयमा केही समय छलफल गरेको थियो । उहाँको बारेमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले केहि चासो व्यक्त गरेको स्रोतले जनाएको छ । यद्यपी उहाँले पराजुलीलाई प्रधानन्यायाधीशका लागि समर्थन गर्नु भएको थियो ।

प्रधानन्यायधीशबाट सुशीला कार्कीले अवकाश लिएपछि पराजुली कायम मुकायम प्रधानन्यायाधीश रहदै आउनु भएको थियो । न्यायपरिषदले यसअघि बरिष्ठताका आधारमा पराजुलीसहित सर्वोच्चका ६ जना न्यायाधीशको नाम परिषदमा सिफारिस गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter