• Sunday, April 27, 2025

विराटनगर विमानस्थलको मेसिन बिग्रिदा घन्टौंसम्म लाइन बस्न बाध्य

Buddha Airlinesविराटनगर, असोज १५ गते । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ ।विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै एक्स–रे मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारण यात्रु मारमा परेका हुन् ।

यात्रुले ल्याएका सामान चेक–जाँच गर्ने होल्ड ब्यागेज एक्स–रे मेसिन र यात्रुले आफूसँग बोकी ल्याएको ब्याग चेक–जाँच गर्ने हेन्ड ब्यागेज एक्स–रे मेसिन बिग्रिएको छ ।मेसिन बिग्रिएपछि यात्रुले चेक–जाँच गराउन घन्टौंसम्म लाइन बस्नुपर्दा सास्ती बढेको यात्रु डा. निर्मल बरालको गुनासो छ । एक्स–रे मेसिन चालु अवस्थामा हुँदा पाँच मिनेटमै चेकजाँच सकिने भए पनि अहिले विमानस्थलका सुरक्षाकर्मीले सबै ब्याग, सुटकेस र झोलाका सबै सामान एक÷एक गरी चेक गर्नुपर्ने भएकाले तथा शरीरसमेत छामेर चेक गर्नु परेकाले यात्रुलाई धेरै समय कुर्नुपर्ने बाध्यता छ ।

विराटनगरबाट काठमाडौं जान लागेका डा. रमेश बस्नेतले विमानस्थलमा निकै झन्झट व्यहोर्नु परेको बताए । ‘एक्स–रे मेसिन हुँदा छिटो चेकजाँच भएर गन्तव्यमा पुग्न सहज हुन्थ्यो । तर, अहिले घन्टौंसम्म लाइन लाग्नु परेको छ ।’ विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख सुरेसमान सिंहले एक्स–रे मेसिन बिग्रिएकाले यात्रुलाई केही असुविधा भएको स्वीकार गरे ।प्रमुख सिंहले कार्ड बिग्रिएपछि नबन्ने हुनाले नयाँ खरिद गर्नुपर्ने हुँदा कार्यालयले पहल गरिरहेको बताए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter