• Monday, April 28, 2025

मानसिक समस्या बढ्दो, कम आम्दानी भएका परिवार बढी प्रभावित

Mentalचितवन, कात्तिक १३ गते । नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको एक अध्ययनले देखाएको छ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपालले हालै गरेको अध्ययनले करिब ५० प्रतिशतभन्दा बढी मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको देखाएको हो ।

यो समस्या न्यूनीकरणका लागि सरकारी कार्यक्रम बढाइनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । विभिन्न क्षेत्रका ९१७ घरमा गरिएको नमूना अध्ययनमा ४७० घरमा यस्तो समस्या देखिएको भन्दै उक्त संस्थाकी परियोजना संयोजक दृष्टि गुरुङले समस्या देखिएका अधिकांश परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएको बताउनुभयो । चारसय ४७ घरमा भने रोग नदेखिएको उहाँको भनाइ छ ।

मानसिक स्वास्थ्य समस्या र आर्थिक समस्याको विषयमा अध्ययन भएको जानकारी दिँदै गुरुङले समस्यामा परेकाहरूले खाद्यान्न उपभोग आवश्यकभन्दा कम गर्ने गरेको पाइएको र यसबाट कुपोषणलगायतका रोग बल्झने खतरा रहेको औँल्याउनुभयो ।

सरकारी क्षेत्रबाट मानसिक स्वास्थ्यमा लगानी न्यून भएकाले पनि जटिलता हुने गरेको mentalअध्ययनले देखाएको छ । स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको जम्मा एक प्रतिशत मात्रै मानसिक स्वास्थ्य सेवामा खर्च भएको पाइएको अध्ययनकर्ता गुरुङले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि तथा मानसिक रोग विशेषज्ञ डा केदार मरहठ्ठाले नेपाल मात्र नभई विश्वका विभिन्न देशमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले अहिले मानसिक स्वास्थ्य सेवाको विकास गर्ने लक्ष्यअनुरूप काम भइरहेको जानकारी दिनुभयो ।

नेपालमा हरेक १०० जनामा २५ जनामा मानसिक स्वास्थ्य समस्या हुने र २० जनाले उपचार नै नपाउने बताउँदै उहाँले विश्वमा ४५ करोडमा समस्या देखिने गरेको उल्लेख गर्दै उहाँले समस्या देखिएका मध्ये ८० प्रतिशत सजिलै निको पार्न सकिने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको प्राथमिक स्वास्थ्य केन्द्र, पुनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले सरकारले विगतमा सरुवा रोग, मातृ र शिशु मृत्युदर न्यूनीकरणमा ध्यान केन्द्रित गरेको भए पनि पछिल्लो समयमा मानसिक स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्न थालेको जानकारी गराउनुभयो ।

स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले खुशी रहनु नै स्वास्थ्य ठीक हुनु हो भन्दै सामाजिक र सांस्कृति अवस्थाले पनि मानसिक रोग निम्त्याउने गरेको जिकिर गर्नुभयो ।

अध्ययनकर्ता रुजा पोखरेलले स्वास्थ्य सूचना प्रणालीको समेत नेपालमा अभाव भएको औँल्याउनुभयो। चितवनमा स्वास्थ्य संस्थामा अहिले टिपिओ नेपालमार्फत मानसिक स्वास्थ्य समस्याको अध्ययन, उपचारका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

मानसिक रोग विशेषज्ञ डा केदार ओझाले समयमै समस्या पत्ता लगाए रोग निको पार्न सजिलो हुने भए पनि ढिला हुँदा मानिसको अकालमै ज्यान जाने गरेका उदाहरण रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter