मतदाता परिचयपत्र वितरण शुरु

Election Commissionविराटनगर, मंसिर १९ गते । यही मंसिर २१ गते हुने निर्वाचनका लागि मोरङका सबै मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र वितरण शुरु भएको छ ।

जिल्लाका ७५८ मतदान केन्द्रमा खटिएका मतदान गराउने टोलीले आज मङ्गलबार र भोलि(बुधबार) मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोग कार्यालय विराटनगरले जनाएको छ ।

मोरङका छ निर्वाचन क्षेत्रमा छ लाख ४४ हजार मतदाता छन् । निर्वाचन गराउनका लागि सुरक्षाकर्मीबाहेक छ हजार ६४ कर्मचारी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको सो आयोगले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter