• Sunday, April 27, 2025

सिँचाइ अभावमा तोरी उत्पादनमा कमी

irrigationदाङ, मङ्सिर २४ गते । पर्याप्त जग्गा हँुदा पनि सिँचाइ सुविधा नहँुदा तोरी उत्पादनमा कमी आउने गरेको छ ।

बर्सेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हँुदाहँुदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् ।

दाङ तोरीखेतीका लागि प्रख्यात जिल्ला भए पनि हाल भने जिल्लामा पर्याप्त उत्पादन हुन सकेको छैन । कुनै बेला प्रति परिवारले चारदेखि पाँच क्वीन्टलसम्म तोरी उत्पादन गर्दथे । केही वर्षयता तोरी उत्पादनमा गिरावट आएको स्थानीयवासी एकराज खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कुनै समयमा दाङको रक्षाचौर र मजुवालगायतका क्षेत्रमा प्रशस्त तोरी उत्पादन हुने गर्दथ्यो, हाल सिँचाइ सुविधा नहुँदा तोरी उत्पादन हुदैन् ।’’

सो क्षेत्रमा तोरीका लागि श्रीकुला सिँचाइ योजना भए पनि सो कुलो जीर्ण हँुदा सिँचाइ गर्न सकिएको छैन । “खोला सुक्दै गएका कारण झन समस्या भएको छ,” तुलसीपुर– ४ का रामबहादुर खड्काले भन्नुभयो, अहिले तेल किन्नु परिरहेको छ ।”

“कुनै समय हाम्रो एक कठ्ठा खेतमा डेढमुरीसम्म तोरी फल्थ्यो,” तुलसीपुर–४ का मानबहादुर वलीले भन्नुभयो । सिँचाइ सुविधा नहुँदा यहाँका बासिन्दा खेतीयोग्य जमिन हँुदाहुदै पनि तेल किनेर खान बाध्य भएका छन् । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter