प्रतिनिधिसभाका १४९ र प्रदेशसभाका ३०३ क्षेत्रको मतगणना सम्पन्न

Vote-counting-Kathmanduकाठमाडौँ, मंसिर २५ गते । यही मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज अपराह्न ५ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १४९ र प्रदेशसभा सदस्यतर्फ ३०३ प्रतिनिधि निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म १४९ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यसैगरी प्रदेशसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका सबै जिल्लाका ३३० निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ३०३ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अब प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ १६ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका २७ निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना भने जारी छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter