• Saturday, May 17, 2025

सार्कका गतिविधिलाई सही दिशा दिनुपर्छ- प्रचण्ड

Prachandaकाठमाडौँ, चैत ३ गते । एकीकृत नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजले काठमाडौँमा आयोजना गरेको ‘ सार्क बिजिनेस लिड्र्स अनक्लेभ’ समृद्धिका लागि राजनीतिक र आर्थिक संम्मेलन सम्बन्धी बहसमा उहाँले भन्नुभयो,– “भारत र पाकिस्तानले मिलेर समस्याको समाधान निकाल्नुपर्छ ।”

दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुकको हैसियतमा भारतले ज्यादा पहल कदमी लिनुपर्ने बताउँदै प्रचण्डले सार्क क्षेत्रलाई सक्रिय तुल्याएर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो ।

सार्कको अध्यक्षको हैसियतमा भारत र पाकिस्तानबीच देखिएका असहमतिलाई न्यूनीकरण गर्न नेपालले सक्दो पहल गरेको उल्लेख गर्दै उहाँले पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीको नेपाल भ्रमणका अवसरमा आफूले सार्कलाई सही दिशा दिने विषयमा सकारात्मक विचार विमर्श भएको जानकारी दिनुभयो ।

निकट भविष्यमा सार्क मुलुकमा देखिएका असहमति सुल्झेर शिखर सम्मेलन हुने विश्वास व्यक्त गर्दै प्रचण्डले राजनीतिक इच्छा शक्ति तथा अगुवाइ सही भएको अवस्थामा समग्र सार्क क्षेत्र आर्थिक समृद्धिको बाटोमा अघि लम्कने बताउनुभयो ।

नेपालमा कुनै परिवर्तन हुन खोज्यो भने उत्तर अथवा दक्षिण तर्फ इंकित गरी सोच्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौं ।”

क्षेत्रीय रुपमा भौतिक र विचारसहित एकीकृत हुनुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्वले आर्थिक विकासमा सहयोग पु¥याउने भएकाले सार्कको बडापत्रमा उल्लेख भएका क्षेत्रीय उद्देश्यलाई पूरा गर्नु बताउनुभयो ।

उक्त विषयमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी सल्लाहकार सल्मान एफ रहेमानले भारत र पाकिस्तान एवं पाकिस्तान र अफगानिस्तानबीच रही आएको असहमति नसुल्झिएसम्म सार्कले गति लिन नसक्ने भएकाले त्यसतर्फ सम्बन्धित देशको ध्यान जानुपर्ने बताउनुभयो ।

शुक्रबारदेखि शुरु भएको सम्मेलनमा सार्क क्षेत्रलाई शसक्त बनाएर समृद्धिको बाटोमा अगाडि बढ्ने विषयमा विचार विमर्श भइरहेको छ । आइतबारसम्म चल्ने यस सम्मेलनमा सार्क सदस्य मुलुकका मन्त्री, आर्थिक क्षेत्रका जानकार, लगानीकर्ता, उद्योगी र पत्रकारसहित २०० भन्दा बढीको सहभागिता छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter