• Sunday, April 27, 2025

सात दिनभित्र कार्ययोजना ल्याउन निर्देशन

State Minister Baskotaकाठमाडौँ, चैत ८ गते । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन÷चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो ।

राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, “दुईदेखि तीन पृष्ठको कार्ययोजनामा संस्थाले के काम गर्दैछ, के कमजोरी छन्, कसरी हटाउन सकिन्छ र आगामी दिनमा गर्ने योजना के छन् समावेश गर्नुहोला ।” “राज्यबाट सुविधा र अनुदान नपाउने निजी संस्थाहरुले प्रगति गर्दै जाने तर त्यस्तो सुविधा पाउने र जनताको करबाट सञ्चालित सार्वजनिक संस्था भने दिनदिनै ‘सुकेनाश’ लागेको जस्तो देखिएका छन्, यसमा सुधार गर्नुस”, उहाँले निर्देशन दिनुभयो ।

संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा उल्लेख गरेकाले अब सर्वसाधारण जनतासमक्ष गुणस्तरीय सूचना सुलभ र सहज रुपमा पु¥याउन सरोकारवाला सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । हालसम्म अस्थिर सरकार हुँदा नीतिमा फेरबदल हुने, कर्मचारीको छिटो छिटो सरुवा हुनेलगायतका समस्या रहेको बताउँदै उहाँले अब त्यस्ता समस्याको अन्त्य भएको विचार व्यक्त गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले समृद्ध राष्ट्र निर्माण गर्ने र सुशासन कायम गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको अवगत गराउँदै अबको दशकलाई नवनिर्माणको दशक बनाउन सबै एकताबद्ध र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिकम, नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण, न्यूनतम पारिश्रमिक निर्धारण समिति, चलचित्र विकास बोर्ड, हुलाक सेवा विभागलगायत प्रमुखहरुलाई आ–आफ्ना सेवा सुविधामा तत्काल सुधार गर्न उहाँले निर्देशन दिनुभयो ।

राज्यमन्त्री बाँस्कोटाले राससले कसरी आफ्नो आम्दानी बढाउन सक्छ त्यस बारेमा योजना बनाई अघि बढ्नुपर्ने बताउँदै समाचार चोरीलाई नियन्त्रण गर्न कडा कानुनी उपाय अवलम्बन गर्न सुझाव दिनुभयो । कामका सिलसिलामा कोही प्रति पनि आग्रह, पूर्वाग्रह र बदला नलिइने तर जिम्मेवारीबाट पन्छिने र छलछाम गर्ने गरियो भने चाहिँ सहन नसकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राज्यमन्त्रीको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मातहतका निकाय सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

कर्मचारीले कामका सिलसिलामा १० देखि ५ बजेसम्मको कार्यालय समय मात्र सीमित हुन नहुने भन्दै उहाँले आवश्यक परेको काममा कर्मचारीको २४ सै घण्टा सरकारको मातहत हुने बताउनुभयो । मन्त्रालयले सबै निकायको कार्ययोजनाअनुसार सम्बन्धित निकायसँग छलफल गरी अघि बढ्ने जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter