• Sunday, April 27, 2025

दिगो शान्तिका लागि १९२ देशमा भावातीत ध्यानसहित सिद्धि

Haman, Puja, Saptahaकाठमाडौँ, चैत १० गते । चैत्र शुक्ल नवमी अर्थात् राम नवमीको अवसर पारेर आइतबार अपराह्न ५ बजे विश्वको सामूहिक चेतना वृद्धिका लागि विश्वभर भावातीत ध्यानसहित सिद्धि कार्यक्रम आयोजना गरिने भएको छ ।

विश्व शान्ति राष्ट्रका प्रधानमन्त्री डा वेभेन मोरिसको प्रत्यक्ष निगरानीमा दोस्रोपटक विश्वव्यापी रूपमा सामूहिक ध्यान कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमले विश्वको सामूहिक चेतनाको सहसम्बद्धतामा वृद्धि गरी दिगो विश्व शान्तिका लागि योगदान गर्ने विश्वास गरिएको छ ।

ग्रिनवीच समयरेखालाई आधार मानेर प्रत्येक देशको समयअनुसार अपराह्न ५ बजे १९२ देशमा ध्यानसहितको सिद्धि कार्यक्रम गरिने नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष एवम् पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

“युरोप र अमेरिकाका ३३ देशका १५० विश्वविद्यालयमा गरिएका ६०० भन्दा बढी वैज्ञानिक अनुसन्धानले व्यक्तित्व विकासका लागि गरिने साधनामध्ये भावातीत ध्यान उपयुक्त माध्यम हो भन्ने प्रमाणित गरेको छ, विश्व शान्तिका लागि विश्वको जनसंख्याको १० प्रतिशतले नियमित भावातीत ध्यान गर्दा उद्देश्य पूरा हुने प्रमाणित भएको छ, यसैले समय समयमा सामूहिक ध्यान आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।

यसअघि पुस २९ गते वैदिक ज्ञानका विश्वव्यापी प्रचारक महर्षि महेश योगीको १०१औँ जन्मजयन्तीको अवसरमा पहिलो पटक विश्वव्यापी भावातीत ध्यानसहित सिद्धि कार्यक्रम गरिएको थियो । नेपालमा यो कार्यक्रमको संयोजन फाउण्डेशनले गरेको थियो । सो कार्यक्रममा नेपालबाट सात हजार ५०० ध्यानीले सहभागिता जनाएका थिए ।

भावातीत ध्यान तथा भावातीत ध्यान सिद्धिको यो दोस्रो कार्यक्रम ७५ वैदिक गुरुकुल, बनेपास्थित चेतना केन्द्र र नेपाल महर्षि वैदिक फाउण्डेशन सिफलमा सञ्चालन गरिनेछ । तोकिएका स्थानमा पुग्न नसक्ने भावातीत ध्यानीले घरमै अपराह्न ५ बजेदेखि ध्यान शुरु गरी सहभागी हुनसक्ने उहाँले बताउनुभयो ।

भावातीत ध्यान ऋग्वेदको १०औँ मण्डलबाट लिइएको हो । आद्य शंकराचार्यले स्थापना गरेका चार मठमध्ये ज्योतिर्मठका शंकराचार्य ब्रह्मानन्द सरस्वतीले महेश योगीलाई भावातीत ध्यानसहितको वैदिक ज्ञान दिनुभएको थियो । शंकराचार्य ब्रह्मानन्दको आज्ञाअनुसार महर्षि महेश योगीले भावातीत ध्यानसहितको सिद्धि कार्यक्रमको विश्वव्यापी प्रचारप्रसार गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter