• Tuesday, April 29, 2025

भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण

schoolपोखरा, चैत १३ गते । भूकम्पबाट क्षतिग्रस्त कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँरास्थित विद्याज्योति आधारभूत विद्यालयको हातामा नवनिर्मित पक्की भवन निर्माण गरी उक्त भवनसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा संगम र लियो क्लब अफ पोखरा संगमद्वारा रु २५ लाखको लागतमा निर्मित तीनकोठे पक्की भवन र रु १० लाख बराबरको शैक्षिक सामग्री लायन्स क्लबका डिष्ट्रिक गभर्नर धनराज आचार्यले आज विद्यालयका प्रअ महेन्द्रराज देवकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य सुकमाया गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

भौतिक पूर्वाधार निर्माणका साथै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गरी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले क्लबद्वारा तीन थान टेबुलसहित कम्प्यूटर, एक थान प्रोजेक्टर, १३ थान डेस्क–बेन्च र एक वर्षका लागि डाटा प्याकेजको समेत व्यवस्था गरिएको क्लबका अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगर–१३ का वडाध्यक्ष दर्शन लामाको सक्रियतामा जग तयार पारिएको सो भवन निर्माणमा तीतेपानी ट्रष्टबाट रु पाँच लाख ४७ हजार र बाँकी लायन्स क्लव अफ पोखरा संगमको सक्रियतामा स्वीजरल्याण्डस्थित चार क्लबको आर्थिक सहयोग रहेको छ ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर आचार्यले भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधारका साथै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको मन जित्न सक्नुपर्नेमा जोड दिनुभयो । लायन्स क्लबका पूर्व गभर्नरद्वय प्रेमबहादुर श्रेष्ठ र दीपक श्रेष्ठले सामाजिक सेवामा समर्पित लायन्स क्लबले शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरणलगायत विभिन्न क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्दैआएको बताउनुभयो ।

लायन्स क्लब अफ पोखरा संगमका पूर्वअध्यक्ष टीकाराम सापकोटाले भूकमपछि बाँसका कोठामा सञ्चालित पठनपाठन दाताको सहयोगबाटै पक्की भवनमा परिणत भएको उल्लेख गर्नुभयो ।

भूकम्पबाट क्षतविक्षत विद्यालयको भौतिक निर्माणका लागि यसअघि जिल्ला शिक्षा कार्यालयको रु १९ लाख २२ हजार लागतमा चारकोठे ट्रष्ट भवन सहित कुल १७ कोठा रहेको सो विद्यालयमा हाल ४५ जना विद्यार्थी अध्ययनरत छन् भने ११ जना शिक्षकशिक्षिका अध्यापनरत रहेको प्रअ देवकोटाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter