• Monday, April 28, 2025

कफी खेतीको व्यवसायीकरण आर्थिक समृद्धिको आधार

Coffee shopपोखरा, चैत १४ गते । प्रदेश नं ४ र ५ स्तरीय पोखरामा आयोजित समन्वयात्मक गोष्ठी एवं प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा कफीको खेतीको व्यावसायीकरण आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्नेमा जोड दिइएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराद्वारा आयोजित गोष्ठीमा वक्ताले नेपालमा ४३ वटा जिल्ला कफीको अत्याधिक सम्भावनायुक्तस्थल भए पनि व्यावसायिक रुपमा उपयोग हुन नसकेकोमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले सामुदायिक वनसँग कफीलाई जोड्दै यसको व्यावसायिक विकास गर्न सक्नुपर्ने बताउनुभयो ।

अबको आवश्यकता गरिबी न्यूनीकरण भएको बताउँदै उहाँले आर्थिक समृद्धिका लागि कफी खेतीको व्यावसायिक विकास बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेलले नेपालमा लामो समयदेखि कफी खेतीको शुरुवात भए पनि यसले अपेक्षित रुपमा व्यावसायिक रुप लिन नसकेको बताउनुभयो ।

नेपाल प्रांगारिक कफीको उत्पादनका दृष्टिले अत्यन्त सम्भावना बोकेको ठाउँ भएको बताउँदै उहाँले यसका माध्यमबाट कृषकको आर्थिक समुन्नति सम्भव हुने उल्लेख गर्नुभयो ।

कफीखेतीका नाममा हुनेगरेका अनियमिततालाई रोकिने बताउँदै उहाँले विद्यमान सम्भाव्यतालाई सरोकारवालसँगको सहकार्यमा उजागर गरिने बताउनुभयो ।

वरिष्ठ कृषि विकास अधिकृत माधव लम्सालले कफीमा आउने रोगको नियन्त्रणका लागि आन्तरिक क्वारेन्टाइनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । पोखरा लेखनाथ महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले प्राकृतिक स्थानमा नै कफी लगाउन सकिने बताउँदै सम्भावित ठाउँमा यसको व्यावसयिकखेती विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पत्रकार कमल पौडेल (अथक)ले राज्यले कृषकमा गर्ने लगानी वास्तविक कृषकले पाउने अवस्था सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका–५ का अध्यक्ष धनबहादुर नेपाली, बागवानी अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत दुर्गाप्रसाद पौडेल, जिल्ला कफी सहकारी संघ पाल्पाका अध्यक्ष रामप्रसाद घिमिरे, कृषि प्राविधिक नगेन्द्र सुवेदी, कृषि विकास अधिकृत चन्द्रपुरीलगायतले कफीखेती आर्थिक समृद्धि महत्वपूर्ण आधार बन्ने हुँदा यसको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter