• Tuesday, April 29, 2025

घट्दै हवाई भाडा

NACधनगढी, भदौ २२ गते । धनगढी–काठमाडौँ हवाई रुटको हवाई भाडा निरन्तर घट्न थालेको छ । गत असारसम्म सबैभन्दा कम पाँच हजार पाँच सय रुपियाँ रहेकोमा साउनदेखि कहिले चार हजार त कहिले तीन हजार तीन सय रुपियाँसम्ममा हवाई भाडा झरेको छ ।

बुद्ध एयर धनगढीका प्रमुख बुधराम माझीले वर्षात्को समय हुनु र धेरै जहाज कम्पनी खुल्नुले हवाई भाडा निरन्तर ओरालो लागेको बताउनुभयो । बुद्धले तीन हजार, तीन हजार तीन सय, तीन हजार पाँच सय, चार हजार, चार हजार पाँच सय, पाँच हजार नौ सय, छ हजार नौ सय, सात हजार नौ सय, १० हजार एक सय, ११ हजार छ सय र तेह्र हजार एक सयसम्ममा टिकट बेच्दै आएको छ ।

श्री एयरलाइन्स धनगढीका सहायक स्टेसन म्यानेजर रणसिंह ठकुल्लाका अनुसार असारको तुलनामा साउन, भदौमा हवाई भाडा निरन्तर कम हुँदै आएको छ । श्री एयरलाइन्सले पनि तीन हजार पाँच सयदेखि १३ हजार एक सयसम्ममा हवाई टिकट बिक्री वितरण गरिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले काठमाडौँ विमानस्थल २२ घण्टासम्म खुल्नु, नेपाल एयरलाइन्सले पनि आफ्ना हवाई रुट अझ प्रभावकारी रूपले सञ्चालन गरेपछि बढेको तीव्र प्रतिस्पर्धाले देशभरको हवाई सेवामा हवाई भाडा घटेको बताउनुभयो ।

हवाई भाडा कम हुँदै गए पनि काठमाडौँबाट आउँदा होस् या जाँदा कहिलेकाहीँबाहेक हवाई कम्पनीहरूले सिट क्षमताअनुसार यात्रु भने पाइरहेका छैनन् । धनगढीमा बुद्ध र श्रीबाहेक नेपाल एयरलाइन्स पनि सञ्चालन छ ।

नेपाल एयरलाइन्सले कम्तीमा तीन हजार पाँच सय र बढीमा छ हजारसम्म हवाई टिकट बेच्ने गरेको छ । नेपालको सबैभन्दा लामो हवाई रुट मानिने धनगढीमा बुद्धले ७२, श्री एयरलाइन्सले ७० र नेपाल एयरलाइन्सले ४८ सिटे जहाज सञ्चालनमा ल्याएका छन् ।

धनगढी–काठमाडौं यात्रामा बुद्ध र नेपाल एयरलाइन्सले ७० मिनेट र जेट इन्जिन भएकाले श्री एयरलाइन्सले ५० मिनेट समय लगाइरहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter