• Sunday, April 27, 2025

पाँच वर्षभित्र गरीबी हटाइने प्रधानमन्त्रीको दृढता; अस्थिर चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको – प्रधानमन्त्री

PM Oliकाठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याउनुभएको छ ।

आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गर्नुभयो । “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।”

प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताउनुभयो । “कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।”

सरकार भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “अब पुरानो युगको अन्त्य भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो ,“नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नुपर्दछ । ” यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।

अस्थिर चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको – प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भन्नुभयो, “केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।”

कार्यक्रममा सहभागी अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गर्नुभयो ।

आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले आफ्नोविरुद्ध पनि हमला गरिरहेको भन्दै उहाँले भन्नुभयो, “सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन ।”

प्रधानमन्त्री ओलीले थप्नुभयो, “छ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुन्छ । बाटो, ढल बन्छ । हामी इमान्दारिताका साथ काम गर्छाैं । पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तो हुन्छ । दुई वर्षभित्र काठमाडौँका बाटा पक्की हुन्छ । कालोपत्र सकिन्छ । यसमा कोही आत्तिएर केही हुँदैन, सरकार ढल्दैन ।”

चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै उहाँले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण शुरु हुने बताउनुभयो । उहाँले सङ्घीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले गतिशील, सेवामुखी, पारदर्शी र स्वच्छ तथा जनताका साथमा रहेका जनप्रतिनिधिका रुपमा काम गर्न जिससका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

मुलुकी फौजदारी देवानी कार्यविधि संहिता एक वर्षअघि संसद्बाट पारित भई हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको बताउँदै उहाँले त्यसका नाममा सडकमा प्रदर्शन नगर्न आग्रह गर्नुभयो ।

महासङ्घका प्रतिनिधिले आफूहरुलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका राख्न आग्रह गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter