• Sunday, April 27, 2025

चितवनका होटलमा सोह्र अर्ब लगानी

Chitwan National Parkवसन्त पराजुली / भरतपुर, भदौ २४ गते । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको चितवनमा पछिल्ला समय पर्यटकीय होटल खुल्ने क्रम बढेको छ । एकै वर्षमा बीसवटा नयाँ होटल सञ्चालन गर्ने तयारी चितवनमा भइरहेको छ ।

“पर्यटकीय होटल स्थापनाको होड बढेको छ”, पर्यटन विकास समिति चितवनका महासचिव विश्वराज सुवेदीले भन्नुभयो, “एक वर्षभित्र चितवनका विभिन्न स्थानमा बीसवटा नयाँ होटल सञ्चालनमा आउँदै छन् । ” भरतपुर, सौराहा, जगत्पुर, पटिहानी र मेघौलीमा नयाँ होटल खोलिँदै छ । नयाँ गन्तव्यका रूपमा विकास हुँदै गरेको कविलास, शक्तिखोरलगायतका क्षेत्रमा पनि सुविधा सम्पन्न होटल खुल्ने क्रम जारी छ ।

चितवनमा अहिले तीन सय पर्यटकीय होटल सञ्चालनमा छन् । जसमा सात हजार दुई सय कोठामा चौध हजार चार सय पर्यटक एकै दिनमा राख्न सकिन्छ । नयाँ होटल स्थापना भएसँगै थप पाँच सय कोठामा एक हजार पाहुना थप्न सकिने बताइन्छ । “कम्तीमा पाँच करोड रुपियाँदेखि पचास करोड रुपियाँ सम्मको लगानीमा चितवनमा होटल खुलेका छन्”, महासचिव सुवेदी थप्नुभयो, “एउटा होटलको न्यूनतम पाँच करोड रुपियाँ मात्रै लगानी भए मात्रै पनि चितवनमा होटलको लगानी १६ अर्ब रुपियाँ छ । ” sauraha

वन र वन्यजन्तुमा आधारित पर्यटनका लागि विश्वभर ख्याति प्राप्त चितवनमा अहिले वार्षिक डेड लाखका हाराहारीमा पर्यटक भित्रिइरहेका छन् । यसरी आउने पर्यटकमध्ये ९० प्रतिशत सौराहा आउने गर्दछन् । पर्यटकीय नगरी सौराहामा मात्रै पर्यटकका लागि अलिहे ११० वटा होटल सञ्चालनमा रहेका छन् ।

“समय अनुसार नयाँ नयाँ होटल आउनु राम्रो हो”, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो, “नेपाल आएका पर्यटकलाई सहजरूपमा आवत–जावत गर्न सडकलगायतका पूर्वाधार विकासमा जोड दिनुपर्छ । ” चितवनमा सौराहा पर्यटकको सबैभन्दा बढी चाप पर्ने स्थान हो । विज्ञहरूले योबाहेक पनि जिल्लामा ५० भन्दा बढी स्थान पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएको औँल्याइरहेका छन् । वन र वन्यजन्तुका लागि विश्वमै चिनिएको चितवनमा नयाँ गन्तव्यको विकास गर्न सकियो भने पहाडी यात्राका लागि ट्रेकिङ र देवघाटलगायतका धार्मिक क्षेत्रका लागि पनि चितवन त्यति नै ख्यातिप्राप्त छ भनेर चिनाउन गाह्रो छैन ।

हाल चितवनमा आउने पर्यटकको बसाइसमेत २.४ दिन रहेको र थप पर्यटकीय क्षेत्रको विकास गर्नसके यसलाई बढाएर कम्तीमा पनि ३.५ दिन पु¥याउन सकिने र त्यसका लागि सुविधा सम्पन्न होटलहरू अझै थप्नुपर्ने आवश्यकता छ ।

अध्यक्ष घिमिरेले भन्नुभयो, “अहिले चितवनमा आइरहेका डेड लाख वर्षिक पर्यटक थेग्न भइरहेका होटलहरूलाई हम्मेहम्मे छ । चार वर्ष भित्रमा जिल्लामा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिई कार्ययोजनासमेत बनिरहेका बेला सुविधा सम्पन्न नयाँ होटल स्थापना हुँदै जानु राम्रो पक्ष हो । ”

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter