• Wednesday, April 30, 2025

‘चिया विकासमा चिनियाँ प्रविधि र सहयोग आवश्यक’

teaकाठमाडौँ, कात्तिक १२ गते । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मूलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता आंैल्याउनुभएको छ ।

नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बारेमा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले दुवै देशबीचको सम्बन्ध अनुपम र प्रगाढ रहेर पनि नेपालले चीनको विकासबाट लाभ लिन अझै नसकिरहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री खनालले भन्नुभयो, “नेपालको चियाबारे चिनलाई भनिरहनुपर्दैन, कसरी प्रशोधन गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने भन्ने पाटोमा जति चीनलाई थाहा छ, अरु बाँकी विश्वलाई त्यति थाहा नहुनसक्छ, त्यसैले नेपालको चिया प्रवद्र्धनमा चीनको सहयोग आवश्यक हुन सक्दछ ।”

नेपालबाट वार्षिकरुपमा रु तीन अर्ब बराबरको चिया निकासी हुने गरेको बताउँदै उहाँले विदेश निर्यात गर्ने कृषिजन्य वस्तुमा चिया पनि निकै सम्भावना बोकेको क्षेत्र हो भन्नुभयो ।

राष्ट्रिय चिया तथा तथा कफी विकास बोर्डका कार्यकारी अध्यक्ष शेषकान्त गौतमले चीनले पछिल्लो ३० वर्षमा पूर्वाधार निर्माण र कृषिको आधुनिकीकरणमा गरेको अद्भूत विकासको वर्णन गर्न निकै कठिन रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा चिया खेतीको आधुनिकीकरण, उत्पादन, प्रशोधन र बजारीकरण गर्न चिनियाँ सहयोग र प्रविधिको अपेक्षा गरिएको छ । चीनको सिचुवान प्रान्त यिविन सरकारका उपमहासचिव लिया, यिपिन नगरपालिकाका उपमेयर चाङ फिङ, त्यहाँको जनसरकारका उपमहासचिव लि याज्यूलगायतले नेपाल र चीनबीच चिया उद्योग प्रवद्र्धन तथा चिया संस्कृतिको विकासका लागि यस्ता छलफल कार्यक्रमले नयाँ आयामको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्था साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले दुबै देशका चिया विज्ञबाट चिया संस्कृतिको बारेमा खुल्ला छलफल होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । सो अवसरमा नेपाल चिया तथा कफी विकास बोर्ड र सिचुवानको यिपिन चिया कम्पनीबीच नेपालमा उत्पादन भएको हरियो चियालाई गुणस्तरयुक्त बनाउन तालीम, सीप र प्रविधि उपलब्ध गराउने तथा चिया संस्कृतिको आदानप्रदान गर्नेलगायत सहयोग आदानप्रदान गर्ने विषयमा सहमति पत्रमा हस्ताक्षर भयो । सिचुवान क्षेत्रमा उत्पादित चिया तथा कफी प्रदर्शनीमा राखिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter