• Thursday, May 15, 2025

साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच

Bank notesकाठमाडौँ, पुस २० गते । : स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच जरुरी रहेकोमा जोड दिइएको छ ।

साना उद्योगलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापार घाटा न्यूनीकरण गर्न सकिने र रोजगारीको थप अवसरसमेत सिर्जना गर्न सकिने बताइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र एनएमबी बैंकको सहकार्यमा राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्यमीको वित्तीय पहुँच अभिवृद्घिका लागि वित्तीय साक्षरता’ विषयक अन्तक्र्रियामा सहभागीले रोजगारीको अवसरमा वृद्धि र व्यापार घाटा नियन्त्रण तथा समृद्ध नेपालका लागि साना तथा घरेलु उद्योग उपयोगी हुने बताएका हुन् ।

महासङ्घका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको आर्थिक पाटोलाई समृद्घ बनाउन मुख्य भूमिका निर्वाह गर्ने साना उद्योगको क्षमता नै सहज बैंकिङ पहुँचसँग जोडिएको बताउनुभयो ।

साना उद्योगीको हकहित संरक्षणका लागि महासङ्घको स्थापना भएको बताउँदै अध्यक्ष सिंहले भन्नुभयो, “उद्योगीका लागि विभिन्न खालका सहुलियत र सुविधायुक्त बैंकिङ योजना छन् त्यसका बारेमा हाम्रा धेरै उद्योगीलाई थाहा छैन,यस्तै कुराको विस्तृत जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम शुरु गरेका हौं ।”

एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले बैंकले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउँदै व्यवसायी र व्यवसाय अनुशासित भएमा लगानीको समस्या नहुने बताउनुभयो ।

कार्यक्रममा लघु, साना तथा मझौला उद्यमलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा साना तथा घरेलु उद्योग सञ्चालन गरिरहेका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter