• Tuesday, April 29, 2025

सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन शुरु

education-ministryगाईघाट, माघ १५ गते । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत अध्ययन गरेको हो । टोलीले त्रियुगा नगरपालिका क्षेत्रको भातीखर्क, चाँप, विषणपुर र गाईघाटको ढिम्कीस्थित पिकनिक स्पोर्टलगायत सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवी चौधरीले जानकारी दिनुभयो । स्थलगत अध्ययन गरिएका स्थानमध्ये चाँप क्षेत्रको बीस बिघा जग्गा क्षेत्र सबैभन्दा उपयुक्त भएको अध्ययन टोलीले बताएको पनि उहाँले जानकारी दिनुभयो ।

त्रियुगा नगरपालिका गाईघाटले मेडिकल कलेज खोल्न जग्गा उपलब्ध गराउने भएपछि टोलीले यसका लागि सम्भावित क्षेत्रको स्थलगत अध्ययन शुरु गरेको जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले बताउनुभयो ।

प्रदेश नं १ को उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलु, भोजपुर, सङ्खुवासभा, प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा तथा प्रदेश नं ३ को सिन्धुली र रामेछाप जिल्लालाई केन्द्रीकृत गरेर सरकारले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको टोलीका सदस्य तथा शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्रले बताउनुभयो ।

अध्ययन टोलीमा संलग्न जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णुबहादुर बस्नेतका अनुसार उदयपुर त्रियुगा नगरक्षेत्र मेडिकल कलेज स्थापनका लागि उपयुक्त भएको बताउँदै यसले जिल्ला अस्पतालको समेत क्षमता वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।

अध्ययन टोलीका संयोजक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीका अनुसार टोलीले अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि यसको सबै कार्य अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

डा गोविन्द केसीको मागअनुसार नै अब सरकारी क्षेत्रबाट मेडिकल कलेज स्थापना गर्न सरकारले देशको तीनवटा स्थानमा तत्काल तीन मेडिकल कलेज स्थानमा गर्न अध्ययन शुरु गरेको अध्ययन टोलीले जनाएको छ । उदयपुर, पाँचथर वा इलाम तथा डडेल्धुरा वा डोटीमध्ये एक स्थानमा एक एक मेडिकल कलेज स्थापना हुने लक्ष्य सरकारले लिएको पनि टोलीले जनाएको छ ।

सो टोलीमा प्रा मधुसुदन सुवेदी, शिक्षा मन्त्रालयका उपसचिव विष्णुप्रसाद मिश्र, विश्वविद्यालय अनुदान आयोगका योजना अधिकृत विनोद भट्टराई, जिल्ला अस्पताल उदयपुरका प्रमूख डा विष्णुबहादुर बस्नेतसहित त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरको पदाधिकारीको सहभागिता रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter