• Tuesday, April 29, 2025

प्रहरी भवन निर्माण गर्न २५ रोपनी जमिन

काठमाडौँ, वैशाख २३ गते । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय भवन निर्माणका लागि २५ रोपनी जमिन उपलब्ध भएको छ ।

वि.सं. २०७२ मा आएको शक्तिशाली भूकम्पका कारण हनुमानढोकास्थित कार्यालय भवन असुरक्षित बनेपछि प्रहरी परिसर र महाशाखा नेपाल आयल निगमको स्वामित्वमा आएको टेकुस्थित टहरा र टेण्टबाट सञ्चालन हँुदैआएका छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाक्षेत्रीले प्रहरी परिसरका लागि भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी र महाशाखाका लागि टेकुस्थित आयल निगमको १० रोपनी जमिन उपलब्ध भएको जानकारी दिनुभयो ।

सरकारले खाद्य संस्थानको नाममा रहेको ३२ रोपनी मध्ये १५ रोपनी परिसर कार्यालय र निगमको ५० रोपनी मध्ये १० रोपनी महाशाखाको कार्यालय निर्माण गर्न उपलब्ध गराउन निर्देशन दिएको थियो ।

काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी लिएका यी दुई सुरक्षा निकायको कार्यालय निर्माण तथा व्यवस्थापनमा खाद्य संस्थान र निगम भने असहमत छन् ।

‘प्रहरी कार्यालय निर्माणका लागि जमिन उपलब्ध गराउने सम्वन्धमा एक किसिमको समझदारी भएको छ’ प्रहरी नायव महानिरीक्षक थापाले भन्नुभयो, ‘तर, सहमति हुन बाँकी नै छ । महाशाखाले भने एक हप्ताअघि नै १० रोपनी जमिन नापजाँच प्रक्रिया शुरु गरिसकेको छ ।’

सासा पार्टी प्यालेसले चर्चेको स्थानमा प्रहरी महाशाखाले भवन निर्माणका लागि प्रस्ताव गरेको छ । सासा पार्टी प्यालेसको पाँचवर्षे करार सम्झौता समाप्त भएको मौकाछोपि अपराध महाशाखाले निगमको १० रोपनी खरिदको प्रस्ताव गरेको हो ।

त्यस्तैं, खाद्य संस्थाले चाइनीज नागरिकलाई अर्गानिक खेती गर्नलाई सस्तो दरमा ठेक्कामा दिएको जमिन प्रहरी परिसर कार्यालय स्थापनाका लागि पायक तथा उपयुक्त स्थान भएकाले १५ रोपनी खरिदको प्रस्ताव गरेको परिसर प्रमुख बसन्त लामाले बताउनुभयो ।

प्रहरी परिसर र महाशाखा कार्यालयको दुरी टाढिएसँंगै गम्भीर प्रकृतिका तथा जघन्य अपराधको अनुसन्धान अधिकार महाशाखालाई नै सुिम्पने तयारी भइरहेको छ । परिसर र अपराध महाशाखाको कार्यालय निर्माणका लागि जमिन उपलब्ध गराउने विषयमा आयाल निगम र खाद्य संस्थानका अधिकारीले कुनै जानकारी नभएको बताएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter