• Monday, April 28, 2025

राष्ट्रियसभा बैठक: विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, असार ११ गते । राष्ट्रियसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाईस्वीकृत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०७६’ माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटको खर्च गर्ने क्षमता सरकारसँग रहेको बताउनुभयो । उहाँले बजेटले आयातलाई क्रमशः प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिएको र आत्मनिर्भर अर्थतन्त्रको उन्नयनमा बजेट केन्द्रित रहेको उल्लेख गर्दै सामाजिक सुरक्षामा समेत बजेट वृद्धि गरी लोककल्याणकारी राज्यको अवधारणा समेत अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै नेपाली काँग्रेसका सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्रीले भन्नुभयो, “ सो कार्यक्रममा कुनै अनियमितता भएको छैन । आगामी दिनमा झन् प्रभावकारी रुपमा अगाडि बढ्छ । कुनै दुविधा नराख्नुस् ।” सो कार्यक्रमको ध्येय सार्वजनिक निर्माणमा श्रम गर्न चाहने श्रमिकले काम पाऊन् भन्ने रहेको उल्लेख गर्दै उहाँले ७५३ वटै स्थानीय तहमा प्रभावकारी रुपमा नै यो अगाडि बढ्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता सामाजिक क्षेत्रमा सरकारको लगानी वृद्धि हुँदै गएको, सङ्घीय सरकारले यी क्षेत्रलाई विगतमा भन्दा बढी बजेट उपलब्ध गराएको तथा प्रदेश र स्थानीय सरकारले विनियोजन गरेको बजेटको मात्रा हेर्दा सन्तुष्ट हुने अवस्था रहेको उल्लेख गर्नुभयो । एकीृकत रुपमा ती क्षेत्रमा विनियोजित बजेट नहेरी अनावश्यक टिप्पणी नगर्न समेत उहाँले सांसदलाई आग्रह गर्नुभयो ।

समतामूलक विकास गर्दै आर्थिक समृद्धि हासिल गर्ने आगामी आर्थिक वर्षको बजेटको लक्ष्य रहेको बताउँदै उहाँले सरकारका नीति, कार्यक्रमअनुसार बजेट विनियोजन गरिएको जिकिर गर्नुभयो ।“मौलिक हक कार्यान्वयन गर्न आगामी बजेटले प्राथमकिता दिएको छ । बजेट वितरणमुखी नभई व्यावहारिक र कार्यान्वयनमुखी छ”, अर्थमन्त्रीले भन्नुभयो ।

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका छलफल र छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ यही असार १५ गतेदेखि २४ गतेसम्म दिने कार्यसूची रहेको राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार १५ गते बिहान ११ बजे बस्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter