• Wednesday, May 21, 2025

सिँचाइ संरचना निर्माण दुई अर्बभन्दा बढी लाग्ने : मन्त्री पुन

काठमाडौँ, साउन २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तराई मधेसको बाढीका कारण क्षति भएको सिँचाइका स्थायी संरचना निर्माणका लागि दुई अर्ब रुपियाँभन्दा बढी लागत अनुमान गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा विशेष सयम लिएर मन्त्रालयसम्बद्ध प्रश्नमा जवाफ दिँदै मन्त्री पुनले बाढीका कारण भत्किएका सिँचाइका संरचना निर्माणमा तत्कालका लागि ३३ करोड र स्थायी संरचना निर्माणका लागि दुई अर्ब ११ करोड २२ लाख रुपियाँ लागत अनुमान गरिएको बताउनुभएको हो । उहाँले विभिन्न समयमा सदनका शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नमा लागत स्पष्ट पार्नुभएको हो ।

सदनमा जवाफका क्रममा मन्त्री पुनले भन्नुभयो, “तत्काल निर्माणका लागि ३३ करोड रुपियाँ लागत हामीले अनुमान गरेका छौँ । यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषसँग माग गरिएको छ । स्थायी संरचना बनाउन दुई अर्ब ११ करोड २२ लाख लाग्ने अनुमान गरेका छौँ । उक्त रकमका लागि अर्थ मन्त्रालयमा माग भएको छ ।”

मन्त्री पुनले आकस्मिक रूपको अनावृष्टिका कारण क्षति बढेको पनि बताउनुभयो । औसत रूपमा पर्ने गरेको तुलनामा पानी अझै नपरे पनि कतिपय क्षेत्रमा अनावृष्टि भएको मन्त्री पुनको भनाइ छ । उहाँले बाढीबाट क्षति पुगेका जिल्लामा तत्काल पुनःनिर्माणका लागि रकमसमेत विनियोजन भइसकेको जानकारी सदनमा दिनुभयो ।

उहाँले प्राकृतिक विपत्ति मानव सिर्जित समस्या भएकाले यसतर्फ सचेत रहन पनि आग्रह गर्नुभयो । विपद् व्यवस्थापन प्राधिकरण निर्माण गर्ने विधेयक पारित भइसकेको अवस्थामा सोअनुसार संरचना निर्माणमा सबै तहका सरकारले तदरुकता दिनुपर्ने भनाइ उहाँको छ । नदी नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा स्पष्ट कार्यविभाजन रहेको पनि मन्त्री पुनको भनाइ छ ।

जुम्ला केन्द्रीय प्रसारणमा

मन्त्री पुनले आगमी दुई वर्षभित्र जुम्ला जिल्ला विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिने बताउनुभयो । अघिल्लो बैठकमा सांसद गजेन्द्रबहादुर महतले सरकारले विद्युत् निर्यातको योजना बनाइरहे पनि जुम्ला अन्धकारमा रहेको भन्दै आलोचना गर्नुभएको थियो । वैकल्पिक रूपमा सञ्चालनमा रहेको लघुजलविद्युत् पनि बन्द रहेको भन्दै महतले आलोचना गर्नुभएको थियो ।

सांसद महतले उठाएका प्रश्नमा जवाफ दिँदै मन्त्री पुनले अस्थायी रूपमा कालीगण्डकी जलविद्युत् आयोजनाको ३०० केभीए क्षमताको डिजल प्लान्टलाई जुम्ला लैजाने निर्णय भइसकेको बताउनुभयो । उहाँले केन्द्रीय प्रसारण लाइनमा जुम्लालाई जोड्नका लागि प्रसारण लाइन निर्माणाधीन रहेको पनि जानकारी दिनुभयो । प्रसारण लाइनको ठेक्का सम्झौता सम्पन्न भइसकेको भन्दै उहाँले दुई वर्षभित्र जुम्ला केन्द्रीय प्रसारण लाइनमा जोडिने बताउनुभयो ।

मन्त्री पुनले भन्नुभयो, “दैलेख मार्माको प्रसारण लाइन निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ । दुई वर्षभित्र जुम्ला केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter