• Monday, May 19, 2025

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा, विमानस्थलमा भव्य स्वागत

काठमाडौँ, असोज २५ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी विशेष विमानबाट अवतरण भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषद्का सबै सदस्य विमानस्थलमा छन् ।

२३ बर्षअघि राष्ट्रपति जियाङ जमिनलाई पनि तत्कालीन राजा वीरेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च अधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति सी एयरपोर्टबाट शुरुमा होटल सोल्टी जानेछन् । त्यहाँबाट अपरान्ह ६ः३० बजे नेपाली समकक्षी भण्डारीसँग भेटवार्ताका लागि उनी शीतल निवास पुग्नेछन् । भेटवार्तापछि होटल सोल्टी फर्केपछि राष्ट्रपति सीसँग प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नेछन् । त्यसपछि राष्ट्रपति सी रात्रीभोजमा सहभागी हुनेछन् । रात्रीभोजमा राष्ट्रपतिद्वय भण्डारी र सीले संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाल र चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता आइतवार विहानलाई तय भएको छ । वार्ताअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सीसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व नेपाली पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । नेपालबाट उपप्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीसहित बरिष्ठतम मन्त्री एवं विभिन्न मन्त्रालयका सचिव र उच्च अधिकारी सामेल हुनेछन् ।

चीनबाट राष्ट्रपतिसँगै विदेशमन्त्री वाङ् यी, चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर, पूर्व विदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनस्टर इन्चार्ज हे लिफेङसहतिका उच्च अधिकारी औपचारिक वार्तामा सहभागी हुनेछन् । यीमध्ये तिब्बत पार्टी सचिव यु विहीवार काठमाडौं आएका छन् ।

२०५३ मंसिर १९-२० मा तत्कालीन राष्ट्रपति जियाङ जमिनको भ्रमणपछि राष्ट्रप्रमुखको स्तरमा पहिलो राजकीय भ्रमण हुन लागेको हो । सी नेपालको भ्रमण गर्ने तेस्रो चिनियाँ राष्ट्रपति हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter