• Wednesday, April 30, 2025

उद्यमी श्रेष्ठलाई फ्रान्सको सर्वोच्च विभूषण

काठमाडौँ, पुस ३ गते । फ्रान्स र नेपालबीचको आर्थिक एवं सामाजिक सम्बन्धलाई सुदढ तुल्याउन उल्लेखनीय योगदान गरेवापत नेपाली उद्यमी श्याममोहन श्रेष्ठलाई ‘ल सभालिए द ला लेज्योँ’ विभूषण प्रदान गरिने भएको छ ।

फ्रान्सेली सरकारले प्रदान गर्ने सर्वोच्च विभूषण मानिने सो विभूषण ग्रहण गर्न नेपाल सरकारले उद्यमी श्रेष्ठलाई अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को मङ्सिर ३० गतेको बैठकले नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठलाई पाँच दशकदेखि दुई देशबीचकोे आर्थिक–व्यावसायिक एवं सामाजिक क्षेत्रमा निरन्तर गरेको योगदानको कदर गर्दै फ्रान्स सरकारले उक्त विभूषण प्रदान गर्ने निर्णय गरेको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

सन् १९७० मा २३ वर्ष नपुग्दै श्रेष्ठले बस, रेल, पानीजहाज, रिक्साबाट एक महिनाभन्दा बढी समयको यात्रामा भारत–पाकिस्तान–अफगानिस्तान–इरान–टर्की– बुल्गेरिया–रोमानिया–इटाली हुँदै फ्रान्स प्रवेश गर्नुभएको थियो ।

त्यसैबेलादेखि फ्रान्ससँग जनस्तरको सम्बन्ध कायम गरी आजपर्यन्त द्विपक्षीय सम्बन्ध प्रगाढ तुल्याउन काम गरिरहनुभएको छ ।

उहाँले फ्रान्स र नेपालबीचको व्यापार, उद्योग र पर्यटन प्रवद्र्धनमा पनि योगदान गर्दै आउनुभएको छ । आगामी महिना फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा उहाँलाई उक्त विभूषणबाट सुशोभन गरिने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter