• Monday, April 28, 2025

नेपालले लिने कुनै पनि आर्थिक सहयोगको चीन स्वागत गर्छ: चिनियाँ राजदूत

काठमडौं, पुस १८ गते । नेपालका लागि चिनियाँ राजदूत होउ यन्छीले अन्तर्राष्ट्रिय स्तरबाट लिने कुनै पनि आर्थिक सहयोगको चीनले स्वगत गर्ने बताउनुभएको ।

चिनियाँ दूताबासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले नेपाललाई अमेरिकाले उपलब्ध गराउन मिलेनियम च्यालेन्ज कोअपरेशन (एमसीसी)का सम्बन्धमा चीनको धारणाबारे राखेको जिज्ञासाको उत्तरमा उहाँले सो कुरा बताउनु भएको हो ।

“नेपालको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ त्यसैले कुनै पनि देशले नेपाललाई आर्थिक सहयोग दिन्छ भने चीनले त्यसको स्वागत गर्छ । त्यस्तो सहयोग लिने नलिने भन्ने कुरा निर्णय गर्ने नेपाल स्वतन्त्र छ ।”

त्यस्तै उहाँले हालै नेपालमा पक्राउ परेको १२२ चिनियाँ नागरिकको पक्राउका सम्बन्धमा नेपालका अधिकारीहरूसँग सूचना आदानप्रदान भएको बताउनुभयो

पत्रकारको जिज्ञासाको उत्तर दिँदै राजदूत होउले भन्नुभयो, “धेरै चिनियाँहरू नेपालमा पर्यटकीय भिसामा आउने गरेका छन् तर यसरी आएका मध्ये केहीले पर्यटकीय गतिविधि भन्दा पनि साइबर अपराध जस्ता काममा संलग्न भएको पाइयो ।”

उहाँले अगाडि भन्नुभयो, नेपालमा रहेर उनीहरूले गरेका यस्ता गतिविधिबाट कतिपय चिनियाँ नागरिक पनि प्राताडित भएको पाइयो र यस बारे हामीले सूचना आदान प्रदान गयौं र अहिले पक्राउ परेकाहरूबारे नेपाल प्रहरीले अनुसन्धान गरीरहेको कुरा हामीलाई जानकारी छ ।

यसै गरी दुई देशबीच हालैका दिनमा भएको उच्चस्तरीय भ्रमणबाट सम्बन्ध सुधार भएको र ती भ्रमणकाबेला भएका सहमतिहरूको कार्यान्वयमा दुबै देशका अधिकारीहरूले अहिले काम गरीरहेको बताउनुभयो ।

त्यस्तै चीन भारत सहकार्यका दुई जोड एक (टु प्लस वान) को अवधारणबारे राखेको जिज्ञासाको जवाफमा उहाँले यो त्रीदेशीय सहकार्यकै अवधारण भएको बताउँदै यसलाई अन्यथा बुझन नहुने बताउनुभयो ।

उहाँले यही अवधारण अनुसार अहिले भारत र चीनले संयुक्त रुपमा अफ्गानस्तानमा काम गरी रहेको पनि स्पष्ट पार्नुभयो ।

साथै हङकङमा अहिले केही विदेशी तत्वहरूले आशान्ति फैल्याइ रहेको बताउनुभयो । हङकङको विषयमा चीन एक देश दुई प्रणाली प्रति प्रतिवद्ध छ ।

“चीनले विदेशमा रहेका आफ्ना नागरिकको कानुनी अधिकारको रक्षा गर्छ तर गैरकानुनी गतिविधिको हामी कुनै पनि हालमा समर्थन गर्दैनौं ।”

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter