• Monday, April 28, 2025

सुशासन र विकासका प्रश्नमा ध्यान केन्द्रित गर्न प्रमको आग्रह

काठमाडौं, माघ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका प्रश्नमा आफ्ना विचार र प्रयास केन्द्रित गरेर बढन जरुरी रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नव निर्वाचित सभामुख अग्नी सापकोटालाई बधाई दिने क्रममा सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो “हाम्रा अगाडि थुप्रै विधेयक पारित गरेर, ऐन निर्माण गर्नुृपर्छ, हामीले लामो समयदेखि अघि बढ्दै विभिन्न चरण पार गरेको तथा छ/ सात वटा प्रमको कार्यकाल पार गर्दै आएको अहिले संसदको अनुमोदनका प्रतिक्षा गरेका एमसीसी जस्ता कुराहरु गर्नु पर्नेछ ।”

उहाँले विगतमा राजनीतिक दलहरूमा विचारमा केही मतभिन्नता भए पनि आधारभूत कुरामा एकता वद्ध भएर जानु पर्ने कुरामा जोड दिनु भएको छ ।

उहाँले भन्नुभयो “हामीले अब सुशासन र विकासका प्रश्नमा आफ्ना विचार र प्रयास केन्द्रित गरेर अगाडि बढन जरुरी छ । त्यसो गरीरहँदा हामीले रोजेको प्रणाली बहुदलीय व्यबस्था बहुविचार हो यसमा केही मतभेद हुन सक्छन् तर आधारभूत कुरामा एकताबद्ध भएर अगाडि जान सकिने छ ।”

“संसदले पूरा गर्नु पर्ने भूमिका प्रभावकारी रुपमा अगाडि बढाउन संसद सञ्चालनका महान अभिभारा यहाँको काँधमा आएको र सो काममा सफलताको कामना गर्दछु ।” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्रीले सभामुख पदमा सर्वसम्बत रुपमा निर्वाचित हुनु भएकोमा खुशी व्यक्त गर्दै यो एउटा राम्रो लक्ष्यण भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “सभामुख चयनमा कही कतै असहमति विरोध रहेन यही भावका साथ संसद आगामी दिनमा अघि बढ्ने छ ।”

उहाँले नवनिर्वाचित सभामुख अग्नी सापकोटालाई संविधानको रक्षा परिपालन नियमन गर्ने र संसदलाई मर्यादित बनाउन सफल हुने विश्वास व्यक्त गर्दै त्यका लागि आफूले सहयोग गर्ने बताउनुभयो, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सहयोग रहने बचन दिन चहान्छु, हाम्रो पूर्ण सहयोग रहने छ र सकारात्मक भूमिकाका साथ रहने छ ।”

“नेपाली समाजको समाजको चरित्र पनि मेलमिलाप ढङले बढ्ने छ र हामीले लोकत्रान्त्रिक व्यबस्थतालाई मेलमिलापबाटै अगाडि बढाउनु पर्ने छ ।” प्रधानमन्त्रीको जोड थियो ।

उहाँ अगाडि भन्नुभयो “हाम्रो समाजको चरित्र त्यस्तै छ । हामी संघर्ष गर्दा पनि अन्तिममा फेरि सहमतिमा पुग्ने गरेका छौं । विगतमा २००७ सालमा संघर्ष भयो त्यो सम्झौताबाट टुङिगयो । जहाँ सहमति भयो अथवा सहमतिका साथ लोकतान्त्रिक शक्ति बढेको अबस्थामा जहाँ पनि सफलता प्राप्त गरेका छौं तर पछिल्ला केही अबस्थामा जाहाँ हामी एकतावद्ध भएनौं त्यहाँ असफल भयौ । हामी जहाँ एकतावद्ध भएनांै त्यहाँ प्रतिगामी शक्ति हावी भयो । हामी २०४६ सालमा एकतावद्ध भयौं र आन्दोलनमा सफल भयो ।”

प्रधानमन्त्री सम्बोधनका क्रममा भन्नुभयो, “हामी एकतावद्ध नभएको भए संविधान जारी गर्न संभव थिएन एकताबाटै संविधान जारी भएको र एकतावद्ध भएर नै निर्वाचन सफल भएको र अब पनि एकतावद्ध हुनु पर्ने आवश्यकता छ ।”

“दुनिया तीब्र गतिमा अघि बढेको छ विकास, विज्ञान प्रविधि, सम्पर्क आदिका हिसावले दुनियाँ तीब् गतिमा छ हामीले त्यो गतिलाई पक्रन सकेनौं भने हामी समयभन्दा पछि पछौं ।”

“सबैमा मेरो आग्रह छ विकासको यस गतिलाई समाउन सकौं । त्यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ । हामीले लडेर बलिदान पूर्ण संघर्षबाट ल्याएको प्रणाली संविधान र कानुका निर्माण कार्यान्वयमा सरकार प्रतिवद्ध छ ।”

हामी ससाना कुरा अग्रह पूवाग्रमा अलझनु हुँदैन केही दिन पछि आजको राजनीतक अबस्था, चर्चामा रहेका समसामयिक विषय र गर्नु पर्ने काम त्यसबारे सरकारको दृष्टिको बारेमा आफूले छुट्टै समय लिएर आफ्ना विचार राख्ने प्रधानमन्त्रीको भनाइ थियो ।

“सभामुख चयनमा केही बिलम्ब भयो । अब विलम्ब गर्नु हुन्न, काम तीब्र गतिमा बढाउनु पर्छ ।” उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter